back
NMB ad

आठ बर्षसम्म बनेन कान्द्रा नदीको पुल

Kumari bank ad

धनगढी । कैलालीको हुलाकी सडक खण्डअन्तर्गत भजनी नगरपालिकास्थित कान्द्रा नदीको पुल निर्माण आठ बर्षसम्म पूरा हुन सकेको छैन ।

ठेकेदारको लापर्वाहीका कारण पुल बन्न नसकेको हुलाकी सडक आयोजनाले जनाएको छ । ‘४ बर्षमा निर्माण गरिसक्ने पर्ने पुल आठ बर्षसम्म पूरा हुन सकेको छैन,’ हुलाकी सडक आयोजना धनगढीका इन्जिनियर पदम मडैले भने, ‘यसमा ठेकदारको लापर्वाही छ ।’ उनका अनुसार पुलको एउटा पिल्लरको डिजाईन परिवर्तन गरिनु पर्ने भएपछि सडक आयोजनाले नै एक वर्ष म्याद थप गरेको थियो । तर, सो समयमा ठेकेदार कम्पनीले पुल निर्माण सम्पन्न गर्न सकेन । त्यस पछि दुई पटक म्याद थप गर्दासमेत पुल निर्माण हुन नसकेपछि सडक निर्माणमा बाधा पुगेको छ ।

०७१ सालमा हुलाली सडक आयोजना र लामा, साल्पा छर्पा कन्ट्रक्सने जेभिबीच चार बर्षमा पुल निर्माण गरीसक्ने गरी सम्झौता भएको थियो । चार करोड ४२ लाखमा ठेक्का पाएका भएको पुल असार ०७५ सम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको थियो ।

तोकिएको मितिमा पुल नबनेपछि अन्तिम पटकका लागि चैत ०७८ सम्मका लागि पुल निर्माण म्याद थप गरेको छ । सो समयमा पुल निर्माण नभए ठेक्का सम्झौता तोडिने र ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया अगाडि बढाइने इन्जिनियर मडै बताउँछन् । ‘ठेकदार कम्पनीले चैतसम्म पुल निर्माण गरी सक्ने प्रतिबद्धता जनाएको छ,’ इन्जिनियर मडैले भने, ‘यदि चैतसम्म पुल बनेन भने ठेक्का सम्झौता तोडेर ठेकदारलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ ।’

वि.सं.२०७८ पुस १२ सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...