back
NMB ad

‘पुनरूत्थानमा महासंघको सिंगो सञ्जालनै परिचालित हुनुुपर्ने बेला आएको छ’: अध्यक्ष गोल्छा

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो संजाल नै परिचालित हुनुुपर्ने बेला आएको बताएका छन् ।

वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्दै उनले कोभिडका कारण नेपालमा उत्पन्न परिस्थिका कारण भएको आर्थिक क्षतिको पुनरुत्थानका लागि महासंघको सिंगो सन्जाल नै लाग्नुपर्ने बताएका हुन् ।

उनले नेट २०३० ले लिएका लक्ष्यहरू पुरा गर्न महासंघले आफना सदस्यहरूबाट बलियो साथ र सहयोग पाउने विश्वास लिएको पनि बताए । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघाईले पनि बस्तुुगत संघहरूका नेतृत्वले राखेका क्षेत्रगत समस्या संवोधनमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले समस्या समाधानमा महासंघले पहल गर्ने विश्वास दिलाउदै सदस्यहरुको समस्या समाधानमा महासंघले अर्थपूर्ण पहल गर्ने र आवश्यक परेका वेला सदस्यहरुलाई समेत साथै लैजाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल कोरोगेटेड बक्स उत्पादक संघका अध्यक्ष सुकृतराज पराजुलीले प्याकिङ बक्समा आत्मनिर्भर भएपनि आयातित बक्सबाट नेपाली उत्पादनलाई समस्या भएको, कोरोगेटेड उद्योगको कच्चा पदार्थ पुराना कागज निर्यात रोक्नुु पर्ने, वहुुराष्ट्रिय कम्पनी र राष्ट्रिय कम्पनीहरूले दिने तलव ज्याला सामान हुंदा समस्या भएको गुनासो गरेका थिए ।

नेपाल कुुरियर सेवा संघका अध्यक्ष देवेन्द्र खड्काले अन्तराष्ट्रिय विमानस्थल र वस पार्कहरूमा छुुट्टै कुरियर टर्मिनल चाहिएको बताए । उनले कुरियर भ्यानलाई ट्राफिकबाट समस्या भएकाले समस्या समाधानमा पहल हुुुनुुपर्ने र कुरियरमा भ्याट हटाउनुु पर्ने सुुझाव राखे ।

फुुटवेयर म्यानुुफ्याक्चर्र्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता उद्योगहरूका लागि दक्ष जनशक्तिको अभाव भएकाले नियमित रूपमा तालीम दिने केन्द्रहरू संचालनमा ल्याउनुु पर्ने, भंसार दर अत्याधिक महंगो भएकाले नेपाली जुत्ताहरू निर्यातमा समस्या परेकोले समाधान गर्नुपर्ने, सरकारले १५ प्रतिशत महंगो भएपनि स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गर्ने भने पनि त्यो व्यवहारिक रूपमा कार्यान्वयन नभएकोले त्यसतर्फ महासंघको ध्यान जानुपर्ने बताए ।

नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्र्रुववहादुर थापाले एलसीमा ५० प्रतिशत मार्जिन राख्नुुपर्ने नीतिले समस्या ल्याएको, भंसार सन्दर्भ मूल्य सूची र कालोवजारी ऐनका कारण अटोमोवाइल्स व्यवसायीले दुःख पाइरहेका, एसकेयू सहित भ्याट बुुझाउन गाह्रो भएको र यसले मिसम्याचको समेत समस्या ल्याउन सक्ने हुंदा यसलाई हटाउनुु पर्ने, भेइकल स्टकमा रहंदा वार्षिक शुल्क÷करका सम्बन्धमा अव्यवहारिक नीति हटाउनुु पर्ने सुुझाव राखे ।

नेपाल कृषि मेशीनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले मल्चिङ प्लाष्टिक, थोपा सिंचाईको पाइप तथा फलाम तथा पाइपहरूबाट बनेका ग्रिन हाउस संरचनाहरू नेपालमै उत्पादन सुरु भई बजारीकरण भई सकेकाले यी सवै स्वदेशी उत्पादनहरूलाई नै प्रवद्र्धन गर्ने नीति सरकारको हुुनुुपर्ने सुुझाव राखे ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका मनोज अधिकारीले एयर कार्गोको आवागमन सहज बनाउनु पर्ने, एयर कार्गोलाई सहज बनाउनुु पर्ने, कार्गो बोक्ने गाडीलाई पहिलो प्राथमिकता राखेर व्यवहार गर्नुपर्ने, फ्रेटमा अग्रिम टिडीएसको व्यवस्था अव्यवहारिक, सिपिङ लाइनमा पनि समस्या भएकाले समाधानमा पहल हुनुुपर्ने सुुझाव राखे ।

नेपाल जडीवूटी उत्पादक संघका अध्यक्ष प्रेमराज तिवारीले स्थायी सचिवालय नभएका सदस्य वस्तुुगत संघहरूको सचिवालय व्यवस्थापनमा सहयोग गर्नुपर्ने, जडीवूटीमा ठूला लगानीकर्ताहरू पनि आउनुुपर्ने, जडीवूटीमा नयां नयां प्रविधि भित्रयाउन पहल गर्नुपर्ने सुुझाव राखे ।

नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष नरेशलाल श्रेष्ठले आयात निर्यात बीचको फासला घटाउनुु पर्ने, ढुुवानीमा समस्या रहेको, कन्टेनर नपाउने र पाएमा पनि महंगो भाडा तिर्नुपर्ने समस्या,फेल्ट उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने नीति राज्यको हुुनुुपर्ने सुुझाव राखे ।

 

वि.सं.२०७८ पुस १३ मंगलवार १६:३७ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...