back
NMB ad

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

Kumari bank ad

काठमाडौं । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०७८ हुनेभएको छ । माघ ५ गतेदेखि ८ गतेसम्म चितवनमा हुने प्रदर्शनीको मूलनारा ‘कृषियान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषिविकास र समृद्धि’ राखिएको छ ।

प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनीकर्ताका दुई हजारभन्दा बढी कृषियन्त्र, औजार, उपकरण तथाप्रविधिहरू रहने बताइएको छ । यसैगरी २० भन्दा बढी मुलुकको प्रदर्शनीमा सहभागिता रहने छ ।

प्रदर्शनीमा ‘मेड इन नेपाल’ प्याभिलियन पनि रहने, कृषि यान्त्रीकरण प्रवर्द्धनसम्बन्धी गोष्ठी तथा सेमिनार हुने, कृषि कर्जाको छुट्टै मेला हुने आयोजकले बताएको छ । करिब ७० जिल्लाका एक लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको सो प्रदर्शनीमा २० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको संघका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए ।

प्रदर्शनीको आयोजकमा संघसहित नेपाल सरकार, कृषितथा पशुपन्छी विकास मन्त्रालय, कृषिविभाग, कृषिपूर्वाधार विकास तथा कृषियान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहका छन् ।

प्रदर्शनीको मुख्य प्रयोजकमा शलोम एग्रिकल्चर प्रा।लि। रहेको छ । यस्तै प्रयोजकमा मुक्तिनाथ कृषि कम्पनी र मुक्तिनाथ विकास बैंक छन् । सहप्रयोजकमा एनटीएस इन्डष्ट्रिज, जीसेभेन एग्रिकल्चर, एसकेटी नेपाल, कुबेर एन्ड सन्स ट्रेड, नेपाल चाइना एग्रिकल्चर सेन्टर, बिटिएल ट्रेड, नयाँ तुल्सीग्रुप र द हाबी अटो ट्रेडिङ रहेका छन् ।

यसैगरी सहयोगी संस्थाहरुमा कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ र आर एन्ड डी इनोभेटिभ सोलुसन रहेका आयोजकले जानकारी दिएका छन् ।

संघले यसअघि २०७० मा चितवनमापहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरेको थियो । यसैगरी २०७२ मा बाँकेको कोहलपुरमा दोस्रो प्रदर्शनी, २०७४ मा धरानमा तेस्रो प्रदर्शनी र २०७६ मा चितवनमा चौथो कृषियान्त्रीकरण प्रदर्शनी आयोजना गरिसकेको छ ।

वि.सं.२०७८ पुस १४ बुधवार १५:३२ मा प्रकाशित

You can share this post!

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...