back
NMB ad

समृद्धि बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न, १० प्रतिशत बोनस पारित

Kumari bank ad

काठमाडौं । समृद्धि बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार ललितपुरको इमाडोल बैक्वटमा सभा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

सभाले चालु आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको रुपमा लामा एण्ड कम्पनीका जीतराम लामालाई नियुक्ति र पारिश्रमिक निर्धारण गरेको छ ।

सभामा महालक्ष्मी नगरपालिका–१ का नबिन कुमार न्यौपानेले सहकारीहरुले संचालकको लागि क्षमता अभिवृद्धि तालिम, अध्ययन अवलोकन भ्रमण लगायतका कार्यक्रम संचालन आवश्यक रहेको बताउनुभयो । हरेक सहकारीहरुले शिक्षा र सचेतनामा कम लगानी गरेको भन्दै उहाँले सेयर सदस्यहरुका लागि सीप मूलक सामूहिक उत्पादमुखी कार्यक्रम संचालन आवश्यक रहेको बताउनुभयो ।

“सहकारीमा लाग्नु भने सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्नुहो, वडा अध्यक्ष न्यौपानेले भन्नुभयो– “सेयर सदस्यहरुको आवश्यकता सम्वोधन गर्ने गरि व्यवसाय संचालन गर्नुपर्दछ । ” राज्यको तिन खम्बे अर्थनीति मध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ संस्था अगाडि बढ्न्पर्नेमा उहाँले जोडदिनुभयो ।

सभामा संस्थाका अध्यक्ष अमर कुमार राईले आव २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७८/७९ का लागि नीति तथा कार्यक्रम, लक्ष्य बजेट प्रस्तुत गर्नु भएको थियो ।

संस्थाको सेयर पुँजी १ करोड ४२ हजार रुपैयाँ रहेको छ । सहकारीले दिगो विकासका लागि जगेडा कोष तर्फ १५ लाख ४६ हजार रुपैयाँ राखेको छ ।

संस्थाले २०७८ असार मसान्तसम्म २ करोड ९३ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । संस्थाको आम्दानी तर्फ अघिल्लो आव २०७६/७७ को भन्दा केही कम हुन गई ४५ लाख ९८ हजार जरुपैयाँ कायम भएको छ ।

चालु आवमा भने ५० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको संस्थाका कोषाध्यक्ष खड्ग बहादुर तामाङ्ले बताउनुभयो । संस्थाको बचत परिचालन अघिल्लो आवको भन्दा ३९ प्रतिशतले वृद्धि भएको छ ।

गत अवामा ५ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको संस्थाले चालु आवमा भने बढाएर ११ लाख ६९ हजार पुर्याउने लक्ष्य लिएको कोषाध्यक्ष तामाङ्ले बताउनुभयो । संस्थको जम्मा आम्दानी ७२ लाख ३४ हजार रुपैयाँ र खर्च ६६ लाख ७ हजार रुपैयाँ रहेको छ ।

संस्थाले यस वर्ष ४ करोड ८२ लाख ८१ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यसलाई चालु आवमा बढाएर ९ करोड ६५ लाख ६३ हजारज रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।

संस्थाले उच्च व्यवस्थापन, संस्थागत सुशासन र पारदर्सी लेखा प्रणालीको व्यवस्थामा जोड दिएको छ । सिमित स्रोत र साधानलाई उच्चतम उपयोग गर्दै मितव्ययिताको सिद्धान्त अनुरुप जनशक्ति तथा अन्य क्रियाकलापहरुलाई परिचालन गर्दै आएको र यसलाई वृद्धि गर्दै लैजाने संस्थाका सचिव राम कुमार लामाले बताउनुभयो ।

संस्थाले चुक्ता पुँजी वृद्धि गरि १ करोड ५० लाख पुर्याउने र १ लख सेयर पुँजी लगानी गर्ने सेयर सदस्य संख्या ५० जना पुयाउने लक्ष्य लिएको छ । यसका साथै निक्षेप भने शतप्रतिशत वृद्धि भएको संस्थाले जनाएको छ ।

संस्थाले चालु आवमा आधुनिक प्रविधिलाई अधिकतम सदुपयोग गर्दै सेवा प्रदान गर्ने, धितो निरिक्षण तथा मूल्याङ्कन, प्राविधिक, आन्तरिक लेखापरीक्षर कानूनी परामर्शदाताको व्यवस्था गर्ने लक्ष्य लिएको छ ।

आगामी दिनमा संस्थाले सदस्यता घरदैलो, सहकारी शिक्षा र वित्तीय साक्षरता कार्यक्रम संचालन, बचतकर्ताहरुलाई विभिन्न प्रकारको बीमा योजनासंग आवद्ध गराइने जनाएको छ ।

यसका साथै युवा स्वरोजगार कोष, राष्ट्रिय सहकारी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबाट सस्तो व्याजमा ऋण ल्याई सदस्यहरुलाई कर्जा प्रवाह गरिने संस्थाले जनाएको छ ।

वि.सं.२०७८ पुस १७ शनिवार १८:५२ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...