back
NMB ad

नेप्सेद्वारा ६ कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । सोमवार आधा दर्जन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । उक्त दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ६ कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले हिमालयन बैंक, सेन्चुरी कमर्सियल बैंक, प्रोग्रेसिभ फाइनान्स, मिथिला लघुवित्त, मिर्मिरे लघुवित्त र कालिका पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस सेयरको समायोजनपछि ३९८ रुपैयाँ ७५ पैसा तोकेको छ । बैंकको अघिल्लो कारोबार दिन अर्थात् आइतवार कायम अन्तिम सेयर मूल्य ४८४ रुपैयाँको आधारमा समायोजन भएको हो ।

सोमबार नेप्सेले सेन्चुरी कमर्सियल बैंकको ५.७५ प्रतिशत बोनस सेयरको समायोजनपछि २२६ रुपैयाँ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात आइतबार कायम अन्तिम सेयर मूल्य २३९ रुपैयाँको आधारमा समायोजन गरेको हो ।

त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको ७ प्रतिशत बोनस सेयरको समायोजनपछि ३३१ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ । नेप्सेले आइतवार कायम अन्तिम सेयर मूल्य ३५४ रुपैयाँ ९० पैसाको आधारमा समायोजन गरेको हो ।

त्यसैगरि नेप्सेले मिथिला लघुवित्तको २५ प्रतिशत बोनस सेयरको समायो १ हजार ५६७ रुपैयाँ २० पैसा तोकेको छ । कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् आइतवार कायम अन्तिम सेयर मूल्य १ हजार ९५९ रुपैयाँको आधारमा समायोजन भएको हो ।

यता, मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनस सेयरको समायोजनपछि १ हजार २९५ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ । कम्पनीको आइतवार कायम अन्तिम सेयर मूल्य १ हजार ५५५ रुपैयाँको आधारमा समायोजन भएको हो ।

नेप्सेले कालिका पावरको १५ प्रतिशत बोनस सेयरको समायोजनपछि ४५० रुपैयाँ ४३ पैसा तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । आइतवार कम्पनीको सेयर प्रतिकित्ता ५१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

वि.सं.२०७८ पुस १९ सोमवार १०:५५ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...