back
NMB ad

विद्युत् महशूलमा बृद्धि हुनु समग्र अर्थतन्त्रका लागि प्रतिकूलः परिसंघ

Kumari bank ad

काठमाडौ । विद्युत् महशूल निर्धारण आयोगले साउन १ गते देखि लागू हुने गरी मौजूदा विद्युत् महशूलमा औसत १९ प्रतिशतले वृद्धि गर्न गरेको निर्णय नेपाली अर्थतन्त्रका लागि प्रतिकुल भएको भन्दै नेपाल उद्योग परिसंघले महशुल यथावत राख्न माग गरेको छ ।

परिसंघले प्रेस विज्ञप्ती जारी गरि विद्युत् प्राधिकरणको आन्तरिक क्षमता वृद्धि गरी मुनाफामा लैजाने विकल्पमा प्रवेश नै नगरी आयोगले अव्यवहारिक रुपले उपभोक्ता, व्यवसाय र उद्योगहरुमा पर्न जाने प्रतिकूल असर पर्नजाने विद्युत् महशूल बृद्धि गरेकोमा असहमति जनाएको छ ।

करीव २८ प्रतिशतका दरले भइरहेको चुहावट नियन्त्रण, चुस्त कर्मचारीतन्त्रको सृजना, संचालन खर्चको न्यूनीकरण, संस्थागत सुशासनको वहाली र रणनीतिक योजनाको सफल कार्यान्वयनबाट विद्युत प्राधिकरणको समष्ठिगत क्षमता अभिवृद्धि गर्न सकेको खण्डमा महशूल बृद्धि जस्तो कठोर कदम चाल्नु नपर्ने उसको ठहर छ । तापनि यसतर्फ प्राधिकरणको कुनै ध्यान नगएको भन्दै परिसंघले नेपाल विद्युत प्राधिकरण, सम्बन्धित आयोग तथा सरकारको ध्यानाकर्षण गराएको छ ।

यसले सन् २०२२ सम्ममा नेपाललाई विकासशील मुलुकमा पु¥याउने र सन् २०३० सम्ममा दीगो विकास सहित राष्ट्रलाई मध्यम आय स्तर भएको देशहरुको समुहमा पु¥याउने घोषित लक्ष्य प्राप्त गर्न अवरोध गर्ने परिसंघको ठम्याई छ ।

लामो समयदेखि नेपालको सामाजिक जीवन र समग्र अर्थतन्त्र लोडसेडिङको मारबाट ग्रस्त छ । त्यसै गरी कमजोर पूर्वाधार, प्राधिकरणको व्यवस्थापकीय कमजोरी र राजनीतिक अस्थिरताको मारमा पर्दा औद्योगिक क्षेत्रको विकास अत्यन्त न्यून रहेको सन्दर्भमा विद्युत महशूलको वृद्धिले औद्योगिक उत्पादनको लागत बढ्न गई प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने परिसंघको निष्कर्ष छ । यसले दोहोरो अंकमा रहेको मुद्रा स्फितिलाई अझै बढावा दिने भन्दै चिन्तासमेत जनाएको छ ।

रेमिट्यान्सको न्यून वृद्धि, विस्तारकारी बजेट, भयावह रुपमा वृद्धि भइरहेको व्यापार घाटा र बढ्दो उपभोगले अर्थतन्त्रमा चाप परिरहेको बेला विद्युत महशूलको बृद्धिले यसलाई थप समस्यातर्फ उन्मुख गर्ने परिसंघको भनाई छ ।

विधुतको आपुर्ति बढ्न नसकेको, उद्योगहरु लाई नियमित विद्युत आपूर्तिको व्यवस्थाको लागि औद्योगिक फिडरको माग परिसंघबाट गरिएको भएता पनि धेरै जसो उद्योगहरुमा सोको व्यवस्था हालसम्म पनि नभएको,औद्योगिक फिडर भएका क्षेत्रमा पनि १२ घण्टा भन्दा बढी लोडसेडिङ्ग भइरहेको, आपूर्ति भएको ऊर्जा न्यून गुणस्तरीय भएको तथा प्राधिकरणको सूधारमा काम नभएको अवस्थामा विधुत महशूल बृद्धिको औचित्य नभएको परिसंघको ठम्याई छ ।

वार्षिक ५ प्रतिशतका दरले विधुत महशूल बढाउन पाउने कानूनी व्यवस्थाको विपरित ठूलो दरले महशूल वृद्धि गर्नु कानून सम्मत नभएको पनि उसको जिकिर छ । सरकारले उपभोक्ताका लागि महशूल वृद्धि गरेको अनुपातमा विद्युत उत्पादकहरुबाट खरीद गर्ने विद्युतको मूल्यमा पुनरावलोकन गरेको भए विद्युतमा लगानी गर्न प्रोत्साहन हुने परिसंघले विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।

२०७२ सालको विनाशकारी भूकम्प, दक्षिणी सीमामा भएको अवरोध, सरकारको न्यून पूँजीगत खर्च, संक्रमणकालीन व्यवस्थाको अन्यौलले थिचिएर आर्थिक मन्दीमा रहेको अर्थतन्त्र र औद्योगिक विद्युतको चरम अभावका कारण बन्द प्राय अवस्थामा रहेका उद्योगहरुलाई बचाई अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग क्षेत्र र उपभोक्ताहरुको विद्युत महशूल यथावत राख्न परिसंघले सरकार संग माग गरेको छ ।

प्रकाशित मितिः २०७३ असार २०

वि.सं.२०७३ असार २० सोमवार १९:४९ मा प्रकाशित

You can share this post!

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...