back
NMB ad

नेपाल बैंकद्वारा स्थापित सरदार गुञ्जमान सिंह स्वर्ण पदक गोल्ड मेडलिस्ट खरेललाई प्रदान

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरि नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गर्न सफल बिद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग किर्तिपुरबाट स्नातकोत्तर तह उत्तिर्ण खरेललाई त्रिभुवन विश्वविद्यालयको ४७औं दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेर बहादुर देउवाले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्रदान गरेका थिए ।

वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरि सुरु भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सर्बोत्कृष्ट हुनेलाई प्रत्येक बर्ष दिक्षान्त समारोहको दिन प्रदान गरिन्छ ।

नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, धर्मपथ, काठमाण्डौमा मिति २०७८/०९/२०गते आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले पदक विजेता खरेललाई बधाई ज्ञापन तथा सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपाल बैंकको नाममा स्थापित नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंक लिमिटेडको गरिमा बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए ।

कडा परिश्रमले सधैं सफलता मिल्दछ भन्दै यो पदक सम्पूर्ण विद्यार्थीहरुको लागि प्रेरणाको श्रोत बन्नपुगेको पनि सिइओ धिकारीले बताए ।

कार्यक्रममा पदक बिजेता विद्यार्थी खरेलले नेपाल बैंक लिमिटेडको नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा नेपाल बैक लिमिटेडप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

वि.सं.२०७८ पुस २० मंगलवार १९:४१ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...