back
NMB ad

नेप्सेले गर्यो पाँच कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज(नेप्से)ले बुधवार विभिन्न चार कम्पनीको बोनस सेयर र एक जलविद्युत कम्पनीको हकप्रद सेयरको मूल्य समायोजन गरेको छ ।

उक्त दिन नेप्सेले जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, मल्टीपर्पस फाइनास, पोखरा फाइनान्सको बोनस सेयर र छयाङ्दी हाइड्रोपावरको हकप्रद सेयरको मूल्य समायोजन गरेको हो ।

नेप्सेले जनउत्थान लघुवित्तको २५ प्रतिशत बोनस सेयरको मूल्य समायोनपछि २ हजार ३८३ रुपैयाँ २० पैसा कायम गरेको छ। कम्पनीको अघिल्लो कारोबार दिन अर्थात मंगलबार कायम अन्तिम सेयर मूल्य २ हजार ९७९ रुपैयाँको आधारमा समायोजन भएको हो ।

नेप्सेले कालिका लघुवित्तको १३ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपश्चात कम्पनीको सेयर मूल्य हजार १६३ रुपैयाँ ७२ पैसा तोकेको छ । नेप्सेले कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिन कायम अन्तिम सेयर मूल्यको आधारमा समायोजन गरेको हो। मंगलबार कम्पनीको अन्तिम सेयर मूल्य १ हजार ३१५ रुपैयाँ थियो ।

यस्तै, नेप्सेले मल्टीपर्पस फाइनान्स कम्पनीको १३ प्रतिशत बोनस सेयरको मूल्य समोजनपछि ४१६ रुपैयाँ ८१ पैसा निर्धारण गरेको छ । कम्पनीको अघिल्लो कारोबार दिन अर्थात मंगलबार कायम अन्तिम सेयर मूल्य ४७१ रुपैयाँको आधारमा समायोजन गरेको हो ।

त्यसैगरि नेप्सेले पोखरा फाइनान्स ८.०७५ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि ४४० रुपैयाँ ४३ पैसा कायम गरेको छ । नेप्सेले कम्पनीको अघिल्लो कारोबार दिन कायम अन्तिम सेयर मूल्य ४७६ रुपैयाँको आधारमा समायोजन गरेको हो ।

नेप्सेले छयाङ्दी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयरको मूल्य समायोजनपछि ३९६ रुपैयाँ १५ पैसा तोेकेको छ । मंगलबार कम्पनीको कायम अन्तिम सेयर मूल्य ४८५ रुपैयाँ रहेको छ । नेप्सले यसकै आधारमा मूल्य समायोजन गरेको हो ।

वि.सं.२०७८ पुस २१ बुधवार ०८:५० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...