काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले ११.०५ प्रतिशत ब्याजदर दिनेगरी ‘बिओके रेमिट बचत खाता तथा मुद्घती खाता’ सार्वजनिक गरेको छ ।
बैंकले विदेशमा रहेका नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले “श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ यो योजना सार्वजनीक गरेको हो ।
विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्घती खाता संचालनमा हो । जसअनुसार विदेशमा बसि श्रम गरिरहेकाहरुले उक्त बचत तथा मुद्घती खाता यस बैंकमा खोल्न सक्नेछन् ।
साथै उनीहरुले तोकीयको व्याजदरको साथमा मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५०% को छुट तथा अन्य आर्कषक सुविधाहरु पाउन सक्ने बैंकले जनाएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
वि.सं.२०७८ पुस २१ बुधवार ११:२५ मा प्रकाशित