back
NMB ad

बिपी राजमार्गमा सवारी दुर्घटना बढ्यो, ६ महिनामा दुर्घटनामा परी नौ जनाको मृत्यु

Kumari bank ad

सिन्धुली । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिपी राजमार्गअन्तर्गत सिन्धुली खण्डमा पछिल्लो समय सवारीसाधन दुर्घटना बढ्दै गएको छ । पछिल्लो ६ महिनामा सिन्धुली खण्डमा भएका सवारी दुर्घटनामा मात्रै नौ जनाले ज्यान गुमाइ सकेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

चालकको लापरवाहीका कारण दिनहुँजासो सवारीदुर्घटना हुने गरेको स्थानीयको भनाइ छ । कमलामाई नगरपालिका–४ की शान्ति कार्कीका अनुसार चालकको लापवाहीले सर्वसाधारणसमेत मार पर्ने गरेका छन् । ‘चालकहरू तीव्र गतिमा सवारी चलाउँछन् । सवारीसाधन अनियन्त्रित भई दुर्घटना भएका समाचार पछिल्लो समय बढी नै सुनिने गरेको छ ।

चालकबीचको प्रतिस्पर्धाले धेरैजासो दुर्घटना भइरहेको छ,’ उनले भनिन् । पूर्वी नेपालबाट राजधानी काठमाडौं भित्रने माइक्रो बस, जिपका साथै मोटसाइकल, स्कुटरलगायतका सवारीसाधन तीव्र गतीमा चल्ने गरेका छन् । उनीहरूबीच आपसमा हुने प्रतिस्पर्धाले दिनहुँजसो दुर्घटना भइरहेको कमलामाई नगरपालिका–६ का स्थानीय सरोज धमलाले बताए ।

पूर्वी नेपालबाट आएका माइक्रो बसको तीव्र गति कै कारण यात्रा गर्न डर लाग्ने गरेको उनले गुनासो गरे । ‘पूर्वबाट आउने अधिकांश माइक्रो बस तीव्र गतिमा हुन्छन् । बिहान १० बजेपछि मोटसाइकलमा समेत यात्रा गर्न डर हुन्छ । काठमाडौं को चाडो पुग्ने भन्ने माइक्रो बसको प्रतिस्पर्धाले मोटरसाइकलसमेत मारमा पर्छन,’ उनले भने । दुर्घटना कम गर्न लागु गरिएको ‘टाइम कार्ड’ समेत प्रभावकारी नभएको उनको भनाइ छ ।

६ महिनामा नौ जनाको मृत्यु
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार चालू आर्थिक वर्षमा बिपी राजमार्गस्थित सिन्धुली खण्डमा सवारी दुर्घटना परी नौ जनाको मृत्यु भएको छ । साउन, भदौ, असोज, कार्तिक, मंसिर र २० पुससम्म बिपी राजमार्गमा सवारी दुर्घटनामा परी ९ जनाले ज्यान गुमाइसकेका छन् ।

राजमार्गमा बढी मात्रामा मोटसाइकल, स्कुटर दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताए । उनका अनुसार राजमार्ग साँघुरो र गुमाउँरो भएकाले तीव्र गतिमा चलाएका धेरै सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । ‘चालककै लापरवाहीले दुर्घटना बढ्दै गएको छ, तीव्र गतिमा सवारीसाधन कुदाउँने, जथाभावी ओभरटेक गर्ने, मापसे गरी गाडी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको हो,’ उनले भने । सवारी दुर्घटनामा परेका चालकको उमेर २० वर्षभन्दा कमका धेरै रहेको उनले बताए ।

सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । साथै सवारी चेकजाँचलाई पनि कडाइ गरेको प्रमुख क्षेत्रीले बताए । उर्मिला भट्टराई,न्युज कारखाना

वि.सं.२०७८ पुस २५ आइतवार १५:४४ मा प्रकाशित

You can share this post!

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा...