back
NMB ad

अर्थमन्त्री शर्मालाई असफल गराउन सक्छन् गभर्नर ?

Kumari bank ad

काठमाडौ । आइतबार संसदको लेखा समितिमा माओवादी केन्द्रका सभासद अमनलाल चौधरीले अर्थमन्त्री जनार्दशन शर्मालाई असफल बनाउनका लागि गभर्नर लागेको आरोप लगाए ।

उनले हालका गभर्नर महाप्रसाद अधिकारी नेपाल कम्युनिष्ट पार्टी एमालेले सरकार सञ्चालक गरेको समयमा नियुक्त भएकोले राजनीतिक पुर्वाग्रह राखेर यसरी आरोप लगाएका हुन् ।

उनले लगाएको आरोप राजनीतिक पुर्वाग्रह बाहेक अरु केही नभएको अर्थविद्हरुको दावी रहेको छ । नेपाल राष्ट्र बैंक कानुनतः स्वायत्त निकाय हो, तर उसको भुमिका अर्थमन्त्रालयको सल्लाहकारको हुन्छ भने राष्ट्र बैंकको सन्चालक समितिमा अर्थमन्त्रालयका सचिव हुने गरेका छन् । हाल अर्थसचिव मधुकर मरासीनी नेपाल राष्ट्र बैंकका सन्चालक छन् ।

नेपाल राष्ट्र बैंकले गर्ने हरेक नीति निर्णयहरुमा अर्थसचिव मरासीनी मार्फत नै अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुराहरुको निर्णय गराउने गरेका छन् । नेपाल राष्ट्र बैंक स्वायत्त निकाय हुदाहुदै पनि हालका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री शर्माको सहमति वेगर कुनै काम गरेका छैनन् ।

अर्थमन्त्रीको पदभार ग्रहण गरेपछि शर्माले तत्काल प्रतिस्थापन विधेयक संसदमा पेश गर्न सकेनन् जसका कारण नेपालमा पहिलो पटक बजेट होलिडे नै भयो । समयमा नै बजेट नल्याएपनि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न सक्थ्यो आफ्नो क्षेत्राधिकार प्रयोग गरेर तर गभर्नर अधिकारीले अर्थमन्त्रीको आदेश अनुसार नै केही समय कुरेर ढिलागरी मौद्रिक नीति जारी गरे ।

त्यस्तै अर्को प्रसंग, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर कर्जालाई खुम्च्याएर ४/१२ को सिमा लगाइयो । यसमा सेयर खेलाडीहरुले निक्कै चलखेल गरेर अर्थमन्त्रीलाई आफ्नो हातमा लिन खोजेपछि गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई सो नीति समग्र लगानीकर्ताको हितमा रहेको बुझाउन सफल भए । हाल अर्थमन्त्री शर्मा सेयर बजारको बारेमा बोल्नुपर्दा गभर्नर अधिकारीकै भाषा बोल्ने गरेका छन् ।

त्यसैगरी केही समयअघि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको व्याजदरमा एकप्रकारले लगाम नै लगायो । अघिल्लो महिनाको व्याजदरमा १० प्रतिशत भन्दा बढाउन नपाउने गरी । यो नीतिमा पनि अर्थमन्त्रालयको सहमति थियो । बैंक तथा वित्तिय संस्थाहरुले बजारलाई व्याजदरको विषयमा स्वतन्त्र छोडिदिनुपर्ने आवाज उठेपनि ग्राहकलाई प्राथमिकतामा राख्ने कुरामा अर्थमन्त्री, अर्थसचिव र गभर्नरको मत मिल्दा सो नीतिगत व्यवस्था गर्न राष्ट्र बैंक सक्षम भएको हो ।

अर्थतन्त्रका विषयमा अर्थमन्त्री जानकार छैनन् । उनलाई पनि गाइड गर्ने अर्थसचिव र गभर्नर नै हुन् । उनीहरुले दिएको तथ्यांकका आधारमा अर्थमन्त्री शर्माले बोल्ने भएकोले शर्मालाई असहयोग गर्नु भनेको गभर्नर आफैपनि असफल हुनु रहेकोले त्यस्तो गम्भीर गल्ती गभर्नरले गर्न नसक्ने पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षत्री बताउँछन् ।

उनी भन्छन्, ‘गभर्नरले अर्थमन्त्रीलाई असहयोग गर्न सक्दैन, राष्ट्र बैंकका हरेक नीतिगत निर्णयमा अर्थमन्त्रालयका तर्फबाट प्रतिनिधिको रुपमा अर्थसचिव हुने भएकोले यो सम्भव नै छैन, यदी गभर्नरलाई आरोप लगाउनेले अर्थसचिव पनि दोषी हो भन्न सक्नुपर्छ ।’ उनका अनुसार गभर्नर र अर्थमन्त्रीविचमा राजनीतिक कुराहरु अन्तरघुलन गराएर फाटो ल्याएर फाइदा लिन खोज्ने धुपौरेहरुले मात्र यस्तो बोल्ने हो ।

वि.सं.२०७८ पुस २७ मंगलवार १४:४६ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...