back
NMB ad

एएफसी कपमा यी क्लब हुन सक्छन् मछिन्द्रका प्रतिद्वन्द्वी

Kumari bank ad

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणमा शीर्षस्थानमा रहँदै मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधि गर्दै एएफसी कप-०२२ छनोटमा स्थान बनायो । अर्को नजिकको प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई एक अंकले पछाडि पार्दै मछिन्द्रले पहिलोपटक एएफसी कपको टिकट काटेको हो ।

यसपटक शीर्ष डिभिजन लिगमा १४ क्लब सहभागी रहँदा चार क्लबले मात्रै एएफसी क्लब लाइसेन्स पाए । मछिन्द्र र मनाङसँगै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबलाई एएफसी कप खेल्न ढोका खुल्ला थियो ।

अघिल्ला वर्षमा नेपालको लिग च्याम्पियनको हैसियतमा क्लबहरूले एएफसी कपमा सहभागीता जनाउँदै आएका थिए । गत सिजन (२०७६) सालमा मछिन्द्र च्याम्पियन भए पनि लाईसेन्स नहुँदा लाईसेन्स प्राप्त आर्मीले यस प्रतियोगितामा सहभागीता जनाएको थियो ।

दशरथ र‌गशालामा श्रीलंका पुलिसविरुद्ध सहज जितसँगै दोस्रो चरणको छनोटमा स्थान बनाएको आर्मी भारतीय आइएसएल च्याम्पियन बैगरुलु एफसीसँग पराजित हुँदै समूह चरणमा स्थान बनाउन असफल भयो ।

यस पटकसमेत मछिन्द्रले दुई चरणको प्रारम्भिक छनोट पार गरेर दक्षिण एसियाली शीर्ष वरियताको टोलीबीच समूहमा रहेर खेल्न पाउनेछ । मछिन्द्रले प्रारम्भिक राउन्ड-१ मा प्रतिस्पर्धापछि प्रारम्भिक राउन्ड-२ मा जितेर मात्रै फाइनल प्रतिस्पर्धा पाउनेछ ।

यसपटक मछिन्द्रले माल्दिभ्सको क्लब भ्यालेन्सिया, श्रीलंकाको ब्लु स्टार एससी र भुटानको पारो एफसी मध्ये एकसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । तीनै क्लब सम्बन्धित राष्ट्रका लिग र सुपर लिग च्याम्पियन क्लब हुन् ।

यस चरणको ‘ड्र’ सार्वजनिक १७ जनवरीमा हुनेछ । त्यसपछि मात्रै मछिन्द्रले आफ्नो प्रतिस्पर्धी, खेल्ने मिति र स्थान पाउनेछ । यदि राउण्ड–१ मा जित निकाले मछिन्द्रले राउण्ड-२ मा भारतको मोहन बंगान र बंगलादेशको ढाका अबहानीबीचको एकसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि २०७५ को बिना रेलिगेशनको लिग च्याम्पियन मनाङले भने सिँधै समूह चरणमा प्रतिस्पर्धा गर्न अवसर पाएको थियो । पछिल्लो समय एएफसीले एएफसी लाइसेन्ससँगै वरीयतालाई आधार मानेपछि नेपाली क्लबले प्रारम्भिक छनोट खेलेर मात्रै समूह चरणको मौका पाउनेछन् ।

वि.सं.२०७८ पुस २८ बुधवार १४:०१ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...