back
NMB ad

न्यु डायमन्डविरुद्ध एपीएफको संघर्षपूर्ण जित

Kumari bank ad

काठमाडौं । पोखरामा जारी टाइगर कपमा बुधबार महिलातर्फ विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् ।

दिनको सुरुआती खेलमा पुलिसले आयोजक टाइगर ग्रुप अफ पोखरालाई सोझो सेटमा पराजित गर्‍यो । उषा भण्डारी, मनिषा चौधरी, कामना विष्टलगायत खेलाडीको उत्कृष्ट प्रदर्शनसँगै पुलिसले खेल २५-२०, २५-१७, २५-२२ जित्यो । प्रतियोगितामा पुलिसको पहिलो जित हो ।

पहिलो खेलमा पुलिस सशस्त्र प्रहरी बलको एपीएफसँग ३-१ को सेटमा पराजित भएको थियो ।

बुधबार नै भएको दोस्रो खेलमा एपीएफले न्यु डाइमन्डविरुद्ध ३-२ सेटको संघर्षपूर्ण जित निकाल्यो । राष्ट्रिय तथा युवा खेलाडीले भरिएका दुवै टोलीको खेल रोमाञ्चक अवस्थामा पुगेको थियो ।

पहिलो सेट न्यु डायमन्डले २५-२१ ले जित्यो । दोस्रो सेट एपीएफले २५-२१ ले जित्दा खेल १-१ को बराबरीमा अगाडि बढ्यो । तेस्रो सेट पुनः न्यु डायमन्डले २५-१० ले आफ्नो पक्षमा पार्‍यो । २-१ सेटले पछि परेको एपीएफले आक्रामक खेल प्रदर्शन गर्दै चौथो र निर्णायक सेट क्रमशः २५-१२ र १५-८ ले जित्यो ।

जितसँगै एपीएफले दुई अंक पायो भने न्यु डायमन्डले एक अंक प्राप्त गरेको छ । प्रतियोगितामा न्यु डायमन्डको पहिलो हार हो ।

जितसँगै न्यु डायमन्ड तीन खेलबाट सात अंक जोडेर शीर्षस्थानमा छ । तीन खेलबाट एपीएफ पाँच अंकसहित दोस्रो स्थानमा छ । आर्मी र पुलिसँग समान तीन अंक रहेको छ । लगातार दुई हारपछि आयोजक अंकविहीन रहेको छ ।

आजै भएको पुरुषतर्फको पहिलो खेलमा हेल्प नेपालले विभागीय आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । तीन भारतीय खेलाडी कोर्टमा उतारेको हेल्प नेपालले राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहेको आर्मीविरुद्ध सहज जित पायो । अहिले अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ र नेपाल पुलिस प्रतिस्पर्धा गर्दैछन् ।

वि.सं.२०७८ पुस २८ बुधवार १५:४६ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...