back
NMB ad

बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्दले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने

Kumari bank ad

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने सम्झौता गरेको छ ।

यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ ।

हस्ताक्षर समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो– “क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा हामी अत्यन्त खुसी छौं। बजाज पल्सरलाई नेपाली युवाहरूले सधैं माया गर्नुभएको छ र पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको छ। तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवर्द्धन गर्दै आइरहेको छ र यो सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्नेछ। बजाज पल्सर नेपालमा खेलकुदको विकासका लागि सदैव प्रतिबद्ध छ र रहिरहनेछ ।”

सोही अवसरमा पूर्व कप्तान पारस खड्काले भन्नुभयो, “बजाज पल्सरसँग आबद्ध हुन पाउँदा हामी निकै खुसी छौँ र नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई लगभग सबै खेलकुदमा सहयोग गरेकोमा हृदयदेखि नै आभारी छौँ । यो सहकार्य सदैव रहिरहनेछ भन्ने अपेक्षा गर्दछौँ।”

क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राख्दछ ।

गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्व कप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।

वि.सं.२०७८ पुस २८ बुधवार २०:०६ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...