back
NMB ad

फ्रेन्चाइज बास्केटबलः आठ टोलीले प्रतिस्पर्धा गर्ने, दुई विदेशी खेलाडी रहने

Kumari bank ad

काठमाडौं । नेपालमा पहिलोपटक हुने पुरुष फ्रेन्चाइज बास्केटबल लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल बास्केटबल संघ (नेबा) र टर्नपाइक इभेन्ट प्रालिको संयुक्त समझदारीमा हुने प्रतियोगितामा विभिन्न आठ सहरले सहभागिता जनाउने छन् । सहभागी टोलीले दुई विदेशी खेलाडी राख्न पाउने छन् ।

हरेक टोलीले १२ खेलाडी राख्न पाउनेछन् । यस्तै आयोजकले मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र म्यानेजर अनिवार्य गरेको छ ।

प्रतियोगिताका लागि मोफसलबाट ३० प्रतिशत खेलाडी हुनेछन् । ७० प्रतिशत खेलाडी भने काठमाडौंभित्रका हुने जानकारी गराइएको छ ।

प्रतियोगिता आगामी वैशाखमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुन नेबाका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले बताए । प्रतियोगितालाई आधार मानी राष्ट्रिय खेलाडी छनोट हुने बताउँदै आगामी दिनमा महिला तथा जुनियर लिग हुने जानकारी दिए ।

प्रतियोगिताको ४० प्रतिशत आम्दानी नेपाल बास्केटबल संघलाई जाने टर्नपाइकका कार्यकारी निर्देशक उमेश लोहनीले बताए।

वि.सं.२०७८ पुस २९ बिहीवार १५:२७ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...