back
NMB ad

आइसोलेसन कक्ष नहुँदा पालमा संक्रमित

Kumari bank ad

बाजुरा । बाजुरामा कोरोना संक्रमितका लागि आईसोलेसन कक्ष नहुँदा पाल भित्र राखिएको छ । कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमित भएका एक जनालाई पाल भित्र राखिएको हो ।

बुुढीनन्दा नगरपालिका–७ का करिब ३१ वर्षिया महेश कार्कीलाई एन्टिजेन परीक्षणबाट कोरोना संक्रमणको पुष्टि भएको थियो । बुधवार एन्टिजेन परीक्षणबाट संक्रमित भएका कार्कीलाई आइसोलेसन कक्ष नहुँदा पालभित्र राखिएको छ ।

स्वास्थय परीक्षण भएको दिनदेखि अहिलेसम्म खुला चौरको चिसो पालभित्र रहेको उनले बताए । ‘घर जाउँ भने अपहेलना गर्छन, कोरोना भएको हल्ला बजारभरि छ’, उनले थपे । संक्रमण भएको नगरपालिकालाई जानकारी दिए पनि नगरपालिकाले वास्ता नगरेको उनको गुनासो छ ।

नगरपालिकासँग बस्न र कपडा पातको ब्यवस्था गरीदिन आग्रह गरे पनि उल्टै नगरपालिकाका कर्मचारीले थर्काउँदै आफैँले व्यवस्थापन गर्ने भनेको कार्कीले बताए ।

नगरपालिकमा आइसोलेन कक्ष नहुँदा संक्रमितलाई अहिले आयुर्वेदको भवन नजिकै पाल भित्र राखिएको छ । ईलाका प्रहरी कार्यालय कोल्टीले उपलब्ध गराएको पालमा बसिरहेको संक्रमितले बताएका छन ।

नगरपालिकाका स्वास्थ्य संयोजक जसी विकले भने नगरपालिकाले निमार्ण गरेका आइसोलेसन कक्ष टाढा भएका कारण संक्रमित पनि बस्न नमान्ने गरेका र स्वास्थ्यकर्मी पनि चेकजाँचका लागि जान नमानेका कारण समस्या भएको बताए ।

वि.सं.२०७८ पुस ३० शुक्रवार १५:२५ मा प्रकाशित

You can share this post!

नेपाल टेलिकमको आइसिटी डे अफर उपलब्ध, के–के छन् सुविधा ?

नेपाल टेलिकमको आइसिटी डे अफर उपलब्ध, के–के छन् सुविधा ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:३४

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...