back
NMB ad

लोभ लाग्दा विशेषता सहित ‘याक बाइक’ सार्वजनिक

Kumari bank ad

काठमाडौँ । अटोमोटिभ कम्पनी जैष्णवी ग्रुरुपले नेपाली बजारमा ‘याक बाइक्स’ नामक इलेक्ट्रिक बाइक सार्वजनीक गरेको छ । कम्पनीले “स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइकहरू नेपाल भित्राएको हो ।

अनेकौँ आकर्षक विशेषता सहितको यो बाइक नेपालमा सार्वजनिक गर्न पाएकोमा कम्पनीले गौरव महसुस गर्न पाएको बताएको हो । अन्य बाइकको तुलनामा यसले निकै कम ऊर्जा खपत गर्ने कम्पनीको दाबी छ ।

“यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने छ भन्ने हामीले विश्वास लिएका छौँ। यो जिम्मेवार उद्देश्य पूरा गर्न, यसले खनिज इन्धन, मुख्यतया पेट्रोलियम उत्पादनहरूको प्रयोग कम गर्न मद्दत गर्दछ ।” कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो बाइक वातावरण संरक्षणमा मात्र केन्द्रित नभएर नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको छ । हामी दाबी गर्छौँ कि ‘याक बाइक्स’ को अद्वितीय ब्रान्डिङ पनि इलेक्ट्रोनिक बाइक पारखीहरूको लागि रोजाइको महत्त्वपूर्ण कारक हुन सक्छ ।

बाइक सार्वजनिक करण समारोहमा जैष्णवी ग्रुपकी अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताइन् । उनले नेपालले अहिले सामना गरिरहेको दुई प्रकारका वातावरणीय चुनौतीहरूप्रति आफ्नो चासो देखाएकी थिइन् । प्राकृतिक स्रोतसाधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या जसका लागि वास्तवमा हाम्रो देश जिम्मेवार छैन । उनले भनिन्, “तर भविष्यमा अझ गम्भीर असर नेपालले भोग्नुपर्छ। विकासको दिगोपन अहिले हामीले प्रयोग गरिरहेका वातावरणीय व्यवस्थापन र स्रोतसाधनमा भर पर्छ भन्ने स्पष्ट छ । “त्यसैले आजको श्रोत व्यवस्थापनमा हुने खर्च नै सुरक्षित भविष्यका लागि भरपर्दो लगानी हो भन्ने विश्वासका साथ जैष्णवी ग्रुपले ’याक बाइक्स’ लाई नेपालमा भित्राउने निर्णय गरेको हो ।

सो अवसरमा जैष्णवी ग्रुपका सीईओ जोन खड्काले भने, “सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न ‘याक बाइक्स’ हरू यहाँ ल्याइएको हो । वातावरण मैत्री विद्युतीय सवारीहरूको प्रयोगले अहिले देखापरिरहेका समस्याहरूको समाधान प्रदान गर्दछन् । नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुन सक्छ ।”

बर्सेनि बढ्दै गएको आयातका कारण नेपालले भोग्दै आएको आर्थिक दबाबलाई विद्युतीय सवारी साधनको प्रयोगबाट कम गर्न सकिने जैष्णवी ग्रुपको विश्वास छ । आयातित इन्धनमा नेपालको निर्भरता कम गर्न यसले ठुलो भूमिका खेल्न सक्छ। आयात घटाउने यही उद्देश्यले हामीले हाम्रो बाइक नेपालमा एसेम्बल गर्ने तयारी समेत गरेका छौँ ।

यस्ता छन् बाईकका विषेशताहरु
–आर्थिक विकास लक्ष्यहरूलाई समर्थन गर्न
–पूर्ण विद्युतीय सवारी साधन भएकाले
–वातावरण मैत्री सवारी
–नेपालमा नै एसेम्बल गरिने भएकोले
–नेपाल सरकारको कानुन र नियमहरू अन्तर्गत पूर्ण रूपमा सञ्चालन हुने भएकाले
–नेपालका सहरलाई हरित सहरमा परिणत गर्ने उद्देश्य पुरा गर्न
ण्नेपाली ब्रान्ड र नामलाई स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न ।

वि.सं.२०७८ माघ २ आइतवार १०:५३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...