back
NMB ad

नम्बर वानको प्रचार गर्ने नेपाल लाइफले बीमा समितिको कारबाहिपछि उपसमिति १४ बाट ५ मा झार्यो

Kumari bank ad

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले उपसमिति संख्या १४ बाट घटाएर ५ वटा कायम गरेको छ । बीमा समितिको कारबाहीपछि कम्पनीले उपसमिति घटाएको हो ।

बीमा समिति स्रोतका अनुसार बीमक(बीमा कम्पनी)को संस्थागत सुशासन निर्देशिका २०७५ विपरित उपसमितिहरु गठन गरेपछि कम्पनी कारबाहीमा परेको हो ।

संस्थागत सुशासन बाहीर गई कम्पनीको संचालक समितिले दर्जन्भन्दा बढी उपसमितिहरु गठन गरि बैठकबस्दै भत्ता लिँदै गरेपछि समितिले १० हजार रुपैयाँ नगद जरिवानासहित कारवाही गरेको थियो ।

बिमकको संस्थागत सुशासन निर्देशिका २०७५ को दफा ३ को उफदफा १ बमोजिम बीमकमा स्वतन्त्र विमक सचालक सहितको कम्तीमा पाँच र बढीमा सात जना सञ्चालकहरुको समिति रहन्छ ।

अर्काेतर्फ सोही निर्देशिकाको दफा १४ को उपदफा १ अनुसार लेखा परिक्षक बाहेक अन्य समिति वा उपसमितिमा दुई जना भन्दा बढी सञ्चालक उपसमितिको सदस्य हुन पाउँदैन ।

त्यस्तै सोही निर्देशिकाको दफा १४ उपदफा ९ बमोजिम एउटा समितिमा संयोजक रहेको सञ्चालक अर्काे समिति वा उपसमितिमा संयोजक हुन पाउँदैन ।

उल्लेखित निर्देशन अनुसार बढीमा सात जनाको समूहले एक एक संयोजक पाउने गरी उपसमिति गठन गरेपनि सात भन्दा बढी उपसमिति हुन पाउँदैन ।

यद्यपी नेपाल लाइफ इन्स्योरेन्सले सोही निर्देशन उल्लंघन गर्दै कम्पनीको संचालकमध्ये कमलेश कुमार अग्रवाल ८ वटा र बिमल प्रसाद ढकाल ३ वटा उप समितिमा संयोजक रहने गरी उपसमिति गठन गरेका थिए ।

यसरी नियम विपरित उपसमिति गठन गरि बैठक बस्दै भत्ता लिँदै गरेको समितिले पुष्टि गरेपछि कारबाहीमा परेको हो ।

समितिको कारवाहीमा परेको यसै इन्स्योरेन्सले अझ आफुलाई नम्बर वान जीवन बीमा कम्पनी भएको दाबी गर्दै प्रचार प्रसार गरिरहेको छ ।

बीमा समितिका प्रवत्ता राजुरमण पौड्यालले केही सूचकमा अग्रता हाँसिल गर्दैमा नम्बर वान नहुने बताउँछन् । सूचकहरुमा अग्रता, अग्रतामा सहि बाटो र कम्पनीले सुशासनको कुरालाई पनि ध्यान राख्नुपर्ने उनको भनाई छ ।

वि.सं.२०७८ माघ २ आइतवार १४:५६ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...