back
NMB ad

एभरेष्ट बैंकको २ अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंकले आजदेखि (माघ ३ गते) बार्षिक ८.५ प्रतिशत व्याजदरको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ ।

‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ नामले निष्काशन गरेको उक्त ऋणपत्रमा छिट्टोमा माघ ६ र ढिलोमा माघ १७ गते सम्म आवेदन दिन सकिने छ ।

बैंकले जारी गर्न लागेको यो ऋणपत्र दोस्रो हो । यसअघि बैंकले २०७९ मा परिपक्व हुनेगरी ऋणपत्र जारी गरेको थियो । आठ बर्षको समयावधि राखेर जारी गर्न लागेको ऋणपत्रको अंकित मुल्य एक हजार रुपैयाँ हो ।

यसअघि जारी गरेको ऋणपत्रमा ८ प्रतिशत मात्र व्याज थियो तर बजारमा तरलता अभाव भएका कारण बैंकले ०.५ प्रतिशतले व्याज बढाएको छ ।

बैंकले १२ लाख कित्ता ऋणपत्रमा व्यक्तिले आवेदन दिन सक्नेछन् भने ८ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्ने जनाएको छ ।

उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ माघ ३ सोमवार १२:२३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...