back
NMB ad

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

Kumari bank ad

काठमाडौँ । पुस महिनामा वाणिज्य बैंकहरुको बैंकिङ्ग प्रणालीमा संकलन हुने निक्षेप पौने नौ करोड बढेको छ । मंसिर मसान्तको तुलनामा पुसमा बैंकहरुको निक्षेप संकलन ८ करोड ७० लाख बढेको हो ।

यस्तै कर्जा प्रवाह पनि अघिल्लो महिनाको तुलनामा ५ करोड ८५ लाख बढेको छ ।

नेपाल बैंकर्स संघका अनुसार पुस मसान्तसम्म आईपुग्दा वाणिज्य बैंकहरुले ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । मंसिर मसान्तमा यस्तो निक्षेप ४ अर्ब ३२ करोड ४३ लाख रहेको थियो ।

पछिल्लो एक महिनामा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले निक्षेप संकलन गरेको संघले नजाएको छ । यो एक महिनामा रा.व बैंकले १ करोड ३४ लाख निक्षेप बढाएको हो । मंसिर मसान्तमा यो बैंकको निक्षेप संकलन २३ करोड ४ लाख रहेकोमा पुस मसान्तसम्म आउँदा २४ करोड ४२ लाख पुर्याएको हो । त्यस्तै दोस्रोमा नेपाल बैंक लिमिटेडले १ करोड २४ लाख निक्षेप बढाएको छ ।

यद्यपी सबैभन्दा बढी निक्षेप संकलन एनआईसी एसियाले गरेको छ । यो बैंकले पुससम्म आउँदा २९ करोड ९४ लाख निक्षेप संकलन गरेको छ ।

पुससम्म निक्षेप संकलन कुन बैंकको कति?

पुसमा निक्षेप संकलन रकम घटबढ अबस्था (अघिल्लो महिनाको तुलनामा)

त्यस्तै मंसिर महिनामा ४ अर्ब ८ करोड ४३ करोड कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले पुस मसान्तमा आउँदा ४ अर्ब १४ करोड ३९ लाख रुपयाँ कर्जा प्रवाह गरेका हुन् । पछिल्लो एक महिनामा सबैभन्दा बढी कर्जा प्रवाह प्राईम बैंकले बढाएको छ । यो एक महिनामा बैंकले अघिल्लो महिनाको तुलनामा निक्षेप प्रवाह ६९ लाख रुपैयाँले बढाएको हो ।

बैंकको मंसिर २९ गतेसम्मको कर्जा लगानी १५ करोड ५४ लाख रहेकोमा पुस मसान्तसम्म आउँदा १६ करोड २३ लाख रहेको छ ।

पुससम्म कर्जा लगानी कुन बैंकको कति ?

पुसमा कर्जा लगानी घटबढ (अघिल्लो महिनाको तुलनामा)

 

वि.सं.२०७८ माघ ३ सोमवार १९:४६ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...