back
NMB ad

अमेरिकाले दियो भन्सार छुटमा नयाँ सुविधा, नेपालले थप लाभ लिन सक्ने !

Kumari bank ad

वाशिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटीआर) ले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेस (जीएसपी) कार्यक्रम अन्तर्गत एनुअल प्रोडक्ट रिभ्यु (वार्षिक उत्पादन समीक्षा) घोषणा गरेको छ । यसअन्तर्गत नेपाल लगायतका अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूका निम्ति लगेज, झोला, हातेझोला र वालेट जस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सारछुट सुविधा थपिएको छ।

यस नयाँ नियम अनुसार जुलाई १ ९असार १७ गते० देखि सुरु हुने गरी यी नयाँ उत्पादनहरू भन्सार छुट सुविधाका लागि योग्य बनेका छन् । सन् २०१५ मा कम्बोडियापछि अमेरिकामा लगेज सामग्री निर्यात गर्ने अल्पविकसित मुलुकहरूमा नेपालले दोस्रो स्थान हासिल गरेको थियो । सन् २०१४ यता नेपालका यस्ता उत्पादनहरूको निर्यातमा सात प्रतिशतले वृद्धि भई सन् २०१५ मा कुल १८ लाख अमेरिकी डलर पुगेको थियो ।

अमेरिकी ट्रेड प्रेफरेन्स (व्यापार ग्राह्यता) कार्यक्रमहरूले विश्‍वका थुप्रै विपन्न मुलुकहरूलाई व्यापारको प्रयोगबाट आफ्नो अर्थतन्त्रलाई वृद्धि गर्दै गरिबीबाट मुक्त हुने अवसर प्रदान गर्दछन् ।

४० वर्षको उक्त जीएसपी कार्यक्रम सबैभन्दा ठूलो र पुरानो अमेरिकी व्यापार ग्राह्यता कार्यक्रम हो । जीएसपी कार्यक्रमअन्तर्गत अमेरिकाले लाभग्राही विकासोन्मुख मुलुकहरूबाट आयात गर्दा अनेक सामग्रीहरूलाई भन्सारछुट सुविधा उपलब्ध गराउँछ र अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूलाई थप सामग्री निर्यात गर्ने सुविधा दिन्छ ।

जीएसपी कार्यक्रमअन्तर्गत ४३ अल्पविकसित मुलुक लगायत १२२ लाभग्राही विकासोन्मुख मुलुकमा उत्पादन हुने झन्डै ५ हजार सामग्रीहरू अमेरिकामा निर्यात हुँदा भन्सारछुट सुविधाका लागि योग्य छन् । यीमध्ये झन्डै १,५०० सामग्रीहरूलाई अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकलाई मात्र प्रदान गरिने भन्सारछुट सुविधाका लागि छुट्याइएको छ ।

२३ असार २०७३, ११।००

वि.सं.२०७३ असार २३ बिहीवार १२:१० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...