back
NMB ad

चार कम्पनीमा झुम्मिए लगानीकर्ता, आज कुनको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३८.३५ अंकले घटेको छ ।

आज बजार परिसुचक २८९८.३१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ। उक्त दिन कारोबार रकम भने ६ अर्ब नाघेको छ ।

उक्त दिन ६ अर्ब २ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर खरिदबिक्री भएको हो ।

बुधवार सबैभन्दा बढी अपि पावरको सेयर किनबेच भएको छ । आज कम्पनीको २० करोड ३२ लाख २१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ३ लाख ७० हजार ५९७ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ५४४ रुपैयाँ कायम भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानामा रहेको अरुण भ्यालीको पनि बुधवार २० करोड ७ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज कम्पनीको ३ लाख ६७ हजार १३ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ५४२ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज एचआईडीसीएलको १५ करोड ३१ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ४ लाख ७३ हजार ५६५ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य भने आज प्रतिकित्ता ३२१ रुपैयाँ कायम भएको छ ।

त्यसैगरि बुधवार अपर तामाकोशीको पनि १५ करोड २१ लाख १० हजार रुपैयाँ बराबरको २ लाख ८ हजार ९१९ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य भने आज प्रतिकित्ता ७२५ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ माघ ५ बुधवार १६:०० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...