back
NMB ad

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ६६ करोड, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार बैंकले उक्त अवधिमा २ अर्ब ६६ करोड ३ लाख ८४ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तमा बैंकले २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ नाफा गरेको थियो।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४९ प्रतिशतले वृद्धि भई ४ अर्ब ७९ करोड ५२ लाख ३७ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा भने बैंकले ४ अर्ब ७७ करोड १८ लाख ५४ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । बैंकको वितरण योग्य नाफा १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको संचालनमा मुनाफा १३.५७ प्रतिशतले वृद्धि भई ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा भने बैंकको संचालन मुनाफा ३ अर्ब २३ करोड ७६ लाख ६६ हजार रुपैयाँ रहेको थियो।

उक्त अवधिमा बैंकले २ खर्ब ७१ अर्ब ९० करोड १६ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको छ । बैकले जगेडा तथा कोषमा १० अर्ब ७० करोड १३ लाख ४४ हजार रुपैयाँ राखेको छ । उक्त अवधिमा बैंकको खराब कर्जा अनुपात ०.५९ प्रतिशतले घटेर १.१३ कायम भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेको छ।

वि.सं.२०७८ माघ ७ शुक्रवार १०:५३ मा प्रकाशित

You can share this post!

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...