back
NMB ad

सुन आयात ८१ प्रतिशतले बढ्यो, चाँदी आयातमा गिरावट

Kumari bank ad

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा २२ अर्ब ३ करोड रुपैयाँले सुन आयात भएको छ । यो गत आर्थिक बर्षको तुलनामा ८१.१६ प्रतिशतले बृद्धि हो । भन्सार विभागको तथ्याँक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २२ अर्ब बढीको सुन आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब १६ करोड रुपैयाँको सुन आयात भएको थियो ।

गत आर्थिक वर्षमा भने जम्मा २७ अर्ब ३४ करोड रुपैयाँको मात्रै सुन आयात भएको थियो। आर्थिक बर्ष २०७६÷७७ मा १३ अर्ब रुपैयाँ बराबरको सुन आयात भएको भन्सार विभागले जनाएको छ ।
त्यस्तै चाँदी आयात मंसिर महिनाको तुलनामा २३ करोडले घटेको छ । मंसिर महिनामा मात्र नेपालमा २९ करोड रुपैयाँ बराबरको चाँदी आयात भएकोमा पुसमा भने जम्मा ६ करोड रुपैयाँ बराबरको मात्र चाँदी आयात भएको छ ।

पुससम्ममा १२ अर्ब ५७ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको हो। गत वर्षको यसै अवधिमा ७ अर्ब लाख रुपैयाँ बराबरको मात्रै चाँदी आयात भएको थियो । त्यस्तै ६ महिनामा सरकारले सुन आयातबाट २ अर्ब ७१ करोड रुपैयाँ र चाँदी आयातबाट १ अर्ब १८ करोड रुपैयाँ गरी कुल ३ अर्ब ९० करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।

 

वि.सं.२०७८ माघ १० सोमवार ११:४६ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...