back
NMB ad

नाफासंगै घट्यो आईसीएफसी फाइनान्सको प्रतिसेयर आम्दानी, वितरणयोग्य मुनाफा कति ?

Kumari bank ad

काठमाडौं । आईसीएफसी फाइनान्सले चालु आर्थिक वर्ष २०७८/७९ दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीले ९ करोड २६ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २४.४१ प्रतिशतले कमी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १२ करोड २५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ३२.६६ प्रतिशतले वृद्धि भई २० करोड ९० लाख ४३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १५ करोड ७५ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको संचालन मुनाफामा पनि २४.३२ प्रतिशतको गिरावट देखिएको छ । गत वर्षको सोही अवधिमा १७ करोड ४७ लाख ३२ हजार रुपैयाँ मुनाफा गरेको कम्पनीले यस वर्षको पुस मसान्तसम्ममा भने १३ करोड २२ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको वितरणयोग्य मुनाफा ५ करोड ८ लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीले उक्त अवधिमा १५ अर्ब ४५ करोड ४८ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरि १२ अर्ब ८६ करोड ९४ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ५३ करोड ८५ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब ०.३० प्रतिशतले वृद्धि भई १.०६ प्रतिशत पुगेको छ । गत वर्षको पुस मसान्तमा कम्पनीको खराब कर्जा ०.७६ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४४ पैसा रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा भने कम्पनीको यो आम्दानी ७ रुपैयाँ ४९ पैसाले घटेको हो । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ भने १४७ रुपैयाँ ३ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १० सोमवार १३:०२ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...