back
NMB ad

आईपीओ निष्काशनको तयारीमा रहको सीवाईसी नेपालको नाफा ६०%ले बढ्यो, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । आईपीओ निष्काशनको तयारीमा रहको सीवाईसी नेपाल लघुवित्त संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा करिब पौने ६ करोड नाफा कमाएको छ ।

मंगलबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा ५ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ६० प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ६३ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १० करोड ४० लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीले गत वर्षको पुस मसान्तमा भने ६ करोड ७५ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आवको दोस्रो त्रैमासमा कम्पनीको संचालन मुनाफा २३.२१ प्रतिशतले घटेर २ करोड ८१ लाख २२ हजार रुपैयाँ कायम भएको छ । यो नाफा गत वर्षको सोही अवधिमा भने ३ करोड ३६ लाख २४ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ८ करोड २१ लाख ८ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १५ करोड २८ लाख २९ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा भने घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा ४.३७ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटाएर १.९२ प्रतिशतमा झारेको छ ।

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्काशन गर्नेछ ।

वि.सं.२०७८ माघ ११ मंगलवार ११:१८ मा प्रकाशित

You can share this post!

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...