back
NMB ad

डलरको अवैध कारोबार गर्ने चारजना विरुद्ध मुद्धा दायर, साढे ३७ करोड माग दावी

Kumari bank ad

काठमाडौं । समुहिक रुपमा अमेरिकी डलरको अवैध कारोबार गरेका चार जना विरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । विभागले कैलाली लमकिचुवा १० का स्थायी बासिन्दा दिनेश खड्का, उनकी दिदी भगवती खड्का, उनका वुवा नरबहादुर खड्का र उनकी प्रेमिका अनिता धिताल समेतलाई प्रतिवादी बनाएर मंगलबार जिल्ला अदालत काठमाडौमा ३७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ माग दावी सहित मुद्धा दायर गरेको हो ।

उनीहरुले काठमाडौको कालोपुलमा मोवाइल एप्स इ–स्क्रील तथा विनान्स प्रयोग गरी अनलाईन मार्फत डलरको अवैध रुपमा कारोबार गरेको पाइएको थियो । विभागले कल डिटेल, बैंक एकाउन्ट मोवाइल एप्स लगायत विभिन्न कुराहरुको छानविन पछि उनीहरु विरुद्ध मुद्धा दायर गरेको हो ।
प्रतिवादी दिनेश खड्काले इ स्क्रील विनान्स मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर अवैध रुपमा सटही गर्ने गरेको विभागले जनाएको छ ।

विभागका अनुसार खड्काको ग्लोवल आइएमइए बैंकबाट समेत ९ करोड ७९ लाख ९८ हजार ५८१, उनकी प्रेमिका अनिता धिताको लक्ष्मी बैंकबाट पाँच करोड ७७ लाख ६ हजार ८२६, भगवती खडकोका एनआइसी एसिया बैंकबाट समेत २० करोड ४२ लाख ९४ हजार ५२६ र नरबहादुर खड्काको ग्लोवल आइएमई बैंकबाट १ करोड ६४ लाख ११ हजार १६६ रुपैयाँ राखी डलरको कारोबार गरेको पाइएको थियो ।

सवैको खाताबाट जम्मा ३७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ अर्थात् ३१ लाख २७ हजार ८९६ रकम डलर रहेको र सोही रकम विभागले विगो दावी सहित प्रतिवादी दिनेश खड्कालाई तीन बर्षसम्मको कैद सजाय मागदावी गरेको जनाएको छ ।

 

वि.सं.२०७८ माघ ११ मंगलवार १४:५२ मा प्रकाशित

You can share this post!

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...