back
NMB ad

बाणिज्य बैंकहरुको प्रतिफल दिन सक्ने क्षमता बढ्यो, कसको कति ?

Kumari bank ad

शर्मिला ठकुरी

काठमाडौं । बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको ६ महिनामा कमाएको रकमबाट औषत १४.३३ प्रतिशतले पुँजीमा प्रतिफल (आरओइ) दिन सक्ने देखिएको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा भने १.६४ प्रतिशतले बढी हो ।

गत आर्थिक बर्षको पहिलो ६ महिनामा कोरोनाका कारण बजार बन्द हुदा बैंकहरुले व्यापार बढाउन सकेनन् जसका कारण उनीहरुको नाफा खुम्चनुको साथै प्रतिफल दिन सक्ने क्षमतामा पनि गिरावट आएको थियो ।

हुन त चालु आर्थिक बर्षको पहिलो ६ महिनामा बैकिङ क्षेत्रले ठूलो तरलता अभाव खोप्नु पर्यो जसका कारण पछिल्लो तीन महिना ज्यादै कष्टकर बन्न पुग्यो । तर पहिलो तीन महिनामा पर्याप्त तरलता हुदा व्यापार बढाएका कारण कमाएकोले नाफामा १० प्रतिशत अर्थात् ३ अर्ब १३ करोड रुपैयाँले बृद्धि भएको थियो । जसका कारण उनीहरुले दिने प्रतिफलमा पनि बृद्धि भएको हो ।

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा बाणिज्य बैंकहरुले ३४ अर्ब २१ करोड रुपैयाँ खुद नाफा गरेका थिए । गत आर्थिक बर्षको पहिलो ६ महिनामा बैंकहरुले ३१ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

चालु आर्थिक बर्षको ६ महिनाको तथ्यांक हेर्दा सवैभन्दा बढी प्रतिफल एनआइसी एसियाले दिन सक्ने भएको छ । सो बैंकले २३.१९ प्रतिशतले आफ्ना सेयरधनीहरुलाई प्रतिफल दिन सक्ने भएको छ । तर सो प्रतिफल गत बर्षको सोही महिनाको तुलनामा झन्डै १ प्रतिशतले कमी हो । गत पुस मसान्तसम्ममा सो बैंकले २४ प्रतिशत प्रतिफल दिन सक्नेगरी कमाएको थियो ।

त्यस्तै सवैभन्दा कम प्रतिफल दिनेमा हिमालयन बैंक परेको छ । सो बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ७.५८ प्रतिशत मात्र प्रतिफल दिन सक्ने देखिएको छ। हुन त गत आर्थिक बर्षको पहिलो ६ महिनामा पनि सो बैंकको प्रतिफल दिन सक्ने क्षमता ७.६७ प्रतिशत मात्र थियो तर आर्थिक बर्षको अन्तमा २६ प्रतिशत लाभांस दिएको थियो । सो बैंकले खराव कर्जा हुन नदिनका लागि प्रोभिजनिङमा बढी रकम राख्ने भएकोले पनि उसले दिने प्रतिफल निक्कै कम देखिने गरेको छ ।

त्यस्तै सिभिल बैंकले भने गत आर्थिक बर्षको तुलनामा मिराकल गरेको छ । गत आर्थिक बर्षको ६ महिनामा सिभिल बैंकको जम्मा ३.९८ प्रतिशत मात्र प्रतिफल दिने क्षमता चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा बैंकले ९.४४ प्रतिशत प्रतिफल दिन सक्ने भएको छ ।

बैंकले नाफामा पनि राम्रो प्रगति गरेको छ । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा बैंकले ५० करोड ४० लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा भने जम्मा २० करोड २८ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।

कुन बैंकको प्रतिफल दिने क्षमता कति हेर्नुहोस् ।

वि.सं.२०७८ माघ १३ बिहीवार १३:५३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...