back
NMB ad

मानुषी लघुवित्तको नाफामा छलाङ, कस्ता देखिए मुख्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले नाफामा छलाङ मारेको छ । गत वर्षको पुस मसान्तसम्मा नोक्सानीमा रहेको कम्पनीले यस वर्षको सोही अवधिमा भने १ करोड ५१ लाख ३१ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनी ४६ लाख ५५ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ९४ लाख ४२ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको पुुस मसान्तको तुलनामा २८.७६ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ करोड ८३ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, चालु आवको पुस मसान्तसम्म कम्पनीको संचालन मुनाफा २ करोड ४० लाख २० हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४ करोड ८१ लाख १८ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि ह्वात्तै घटाएको छ । गत वर्षको पुस मसान्तसम्म १३.०३ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने ३.६९ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९९ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १६ आइतवार ११:१७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...