back
NMB ad

चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आज बजार १९.२६ अंकले वृद्धि भएको हो ।

मंगलबार बजार परिसुचक २८९१.३० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकममा बढोत्तरी देखिएको छ ।

उक्त दिन ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर खरिदबिक्री भएको हो ।

मंगलबार सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ३९ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कम्पनीको आज ९ लाख ५५ हजार २७० कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य भने आज प्रतिकित्ता ४१७ रुपैयाँ १० पैसा कायम भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । उक्त दिन कम्पनीको ६ लाख ७१ हजार २८७ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ५६३ रुपैयाँ पुगेको छ ।

यस्तै, आज अपि पावर कम्पनीको ३५ करोड ७ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ लाख ३९ हजार १७८ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य ५५१ रुपैयाँ कायम भएको छ ।

त्यसैगरि मंगलबार अपर तामाकोशी हाइड्रोपावरको ३४ करोड २७ हजार रुपैयाँ बराबरको ४ लाख ४६ हजार ४६१ कित्ता र एचआईडीसीएलको ३० करोड ४ लाख ८४ हजार रुपैयाँ बराबरको ८ लाख ३३ हजार ८८० कित्ता सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ माघ १८ मंगलवार १५:२१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...