back
NMB ad

तीन कयासिनोले बुझाएनन् ४६ करोड ४० लाख राजश्व, सरकारको ७ दिने अल्टिमेटम

Kumari bank ad

काठमाडौं । तीन क्यासिनो संचालक कम्पनीहरुले रोयल्टी तथा नवीकरण वापतको बाँकी वक्यौता रकम बुझाएका छैन ।

रक इन्टरनेशनल प्रा.लि., ह्याप्पी आवर र सेन्ट्रल मिडिया प्रा.लि.ले आर्थिक वर्ष २०७६/७७ सम्मको रोयल्टी तथा नवीकरण वापतको ४६ करोड ४० लाख ३२ हजार रुपैयाँ बढी बाँकी वक्यौता रकम नबुझाएका हुन् ।

जसमध्ये रक इन्टरनेशनलको ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ, ह्याप्पी आवरको २१ करोड ५५ लाख र सेन्ट्रल मिडियाको १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बाँकी रहेको छ ।

बुधवार एक सूचना निकाल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त क्यासिनो संचालक कम्पनीलाई तिर्न बाँकी रकम बुझाउनका लागि तोकता गरेको छ ।

तीन क्यासिनो संचालहरुलाई रोयल्टी नविकरण तथ अन्य रकम दाखिला गर्न गत कात्तिक ७ गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकि पत्राचार गर्दा पनि हालसम्म बाँकी वक्यौता दाखिला नगरेकाले तोकेता गरेको हो ।

अब क्यासिनो संचालकहरुले ७ दिनभित्र बाँकी रहेको वक्यौता रकम बुझाउनका लागि मन्त्रालयले अनुरोध गरेको छ ।

तोकिएको उक्त म्यादभित्र दरकम दाखिला नगर्ने कम्पनीहरुलाई प्रचलित कानून बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७८ माघ १९ बुधवार १३:४० मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...