back
NMB ad

बीमा समितिद्धारा रिस्क वेस क्यापिटल सम्बन्धी प्रारम्भिक निर्देशिका सार्वजनीक

Kumari bank ad

काठमाडौँ । बीमा समितिले रिस्क वेस क्यापिटल सम्बन्धी प्रारम्भिक निर्देशिका जारी गरेको छ ।

आगामी आर्थिक वर्षदेखि नै सुरु भई चार वर्ष भित्रमा अनिवार्य गर्नेगरी बीमा समितिले आरबीसी निर्देशिका जारी गरेको हो ।

जारी निर्देशिका अनुसार नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुमा उक्त प्रारम्भिक निर्देशिका पठाईसकेको छ ।

समितिले बीमा कम्पनीहरुलाई यस निर्देशिकाको फेमवर्कमा रहेर आगामी आर्थिक वर्ष (आ.व २०८०–८१) देखि चरमबद्ध काम गर्ने निर्देशन दिएको छ ।

कम्पनीहरुले रिस्क वेस क्यापिटल सम्बन्धी पारम्भिक निर्देशनमा रही आर्थिक वर्ष ०८०–८१ को अन्त्यसम्म जोखिममा आधारित पूँजी र उपलब्ध पूँजीगत श्रोतको पहिचान गरी चार वर्षभित्रमा यो अवधारणा पूर्ण कार्यान्वयनमा ल्याउनुपर्नेछ ।

रिक्स वेक्स क्यापिटलको फेर्मवकको प्रकृया लामो हुने भएको कारण यसलाई नै अन्तिम मस्यौदाको रुपमा भने लिईने छैन । आवश्यकता अनुसार कुन फेमर्वकमा जाने भन्ने बिषयमा बीमा समितिले जारी गरेको निर्देशन परिमार्जन हुँदै जानेछ ।

अबको ६ महिनाभित्र हरेक बीमा कम्पनीले आफ्नो संस्थागत विशेषता, कार्यक्रम, विधि, तथ्यांक भण्डारण तथा विश्लेषणको अध्ययन गरेर कार्यन्वयनका लागि देखा पर्ने समस्याहरुसहितको प्रतिवेदन संचालक समितिले अनुमोदन गरी बीमा समितिमा पठाउनु पर्ने छ । संचालक समितिले यो प्रतिवेदन पारित गरेको एक हप्ताभित्रमा बीमा समितिमा पठाउनुपर्ने छ ।
ती समस्याहरुमाथि बीमा समितिले पुर्नविचार गरि सहजिकरण गर्दै अन्तिम मस्यौदा तयार गर्ने छ ।

यसरी बीमा समितिले कम्पनीको कार्ययोजना स्वीकृत गरेपछि १८ महिनाभित्र पूर्णरुपमा यो कार्ययोजना कार्यान्वयनमा ल्याउनुपर्ने छ ।

आरबीसी निधारित भन्दा कम भएको अवस्थामा वा सोल्भेन्सी अनुपात बीमा समितिले निर्दिष्ट गरेको मापदण्डभन्दा कम भएमा बीमकले आगामी चार वर्षभित्र यसलाई सुधार गर्नुपर्ने छ ।
यसका लागि समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु र कम्पनीका वित्त विभागका कर्मचारीहरुसँग यसको विषयमा छलफल गरिसकेको छ । नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढाउने बिषयमा बीमा समितिका एक्चुरी पे्रक्षा माथेमासँग छलफल पश्चात् उक्त निर्देशिका बीमा कम्पनीहरुमा पठाइएको हो ।

साथै केही समय अघि विश्व बैंकले आयोजना गरेको छलफल कार्यक्रममा नेपालमा जीवन बीमक संघ र नेपाल बीमक संघका अध्यक्षले यो व्यवस्थाको कार्यान्वयनका लागि आफुहरु तयार रहेको जानकारी गराएका थिए ।

वर्तमान अवस्थमा नेपालका बीमा कम्पनीहरुको चुक्ता पूँजी नियामक निकायले तोकेको अनुसार नै छ । तर, उनीहरूले लिएको जोखिम भने चुक्ता पुजिँको कैयौं गुणा बढी छ ।

पछिल्लो समय कम्पनीहरूबीच व्यावसाय पढाउने होड अस्वस्थ प्रतिस्पर्धा जस्तै छ भन्दा पनि फरक पर्दैन । यसले गर्दा भोलीका दिनमा कम्पनीहरूको पूँजीले दायित्व वहन गर्न नसक्ने अवस्था नआउला भन्न सकिदैन ।

त्यसैले सम्भावित जोखिमलाई दृष्टिगत गर्दै समितिले जोखिममा आधारित पूँजी निर्माणमा अगाडि बढेको हो । यो बाहिरी मुलुकहरुमा कार्यान्वयनमा पनि आईसकेको र यसको प्रभाव बिमा कम्पनीहरुका लागि मेरुदण्ड बनेको छ ।

 

वि.सं.२०७८ माघ २० बिहीवार १२:३१ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...