back
NMB ad

पर्यटन क्षेत्रमा ओमिक्रोनको प्रभाव न्युन, नेपाल भित्रिने पर्यटक दोब्बरले वृद्धि

Kumari bank ad

काठमाडौं । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासकाबीच पनि मुलुकको पर्यटन क्षेत्र त्यत्ति प्रभावित नभएको पाईएको छ ।

जनवरीमा मात्रै विभिन्न देशबाट झण्डै १७ हजार पर्यटक नेपाल घुम्न आएको पाईएपछि ओमिक्रोनको प्रभाव न्युन रहेको मान्न सकिएको हो ।

अध्यागमन विभागले देखाको तथ्याङक अनुसार सन् २०२२ को पहिलो महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बरले वृद्धि भएको छ ।

विभागका अनुसार हवाई मार्ग हुँदै १६ हजार ९ सय ७५ जना पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको सोही अवधिमा ८ हजार ८ सय ७४ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भ्रमणमा आएका थिए । गत जनवरी महिनामा भारतसहित बंगलादेश, पाकिस्तान, भूटान, श्रीलंका लगायतका मुलुकबाट ५ हजार ५ सय एक जना पर्यटक नेपाल भित्रिएका छन् ।

यस्तै चीन, जापान लगायतका अन्य एसियाली मुलुकबाट एक हजार एक सय १४ जना, यूरोपेली मुलुकबाट ३ हजार ५ सय २७, ओसियाना क्षेत्रबाट १ हजार २ सय ४० तथा अमेरिका, क्यानडा लगायतबाट ३ हजार ६ सय १८ र अन्य विभिन्न मुलुकबाट १ हजार ९ सय ७५ जना नेपाल भ्रमणमा आएको विभागले जनाएको छ । कोरोना संक्रमणका बीचमा सरकारले स्वास्थ्य मापदण्ड पालना गरी पर्यटकलाई नेपाल आउने अनुमति दिइरहेको छ ।

कोभिड–१९ महामारीले लामो समय नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र अब भने विस्तारै तङ्ग्रिँदै जाने निश्चित छ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक हुनु मुलुकको पर्यटन क्षेत्रले गति लिएको मान्न सकिन्छ ।

यसरी ओमिक्रोनको त्रास बढी भएपनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान हुने देखिन्छ ।

वि.सं.२०७८ माघ २१ शुक्रवार ११:४४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...