back
NMB ad

सूर्या लाइफ इन्स्योरेन्सको नाफा घट्यो, खुद बीमाशुल्क आर्जनमा वृद्धि

Kumari bank ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आउँदा नाफामा गिरावट आएको छ ।

कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको नाफाको तुलनामा यो त्रैमासमा घटेको हो । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा कम्पनीले खुद नाफा २० करोड १२ लाख ७१ हजार रुपैयाँ कमाएको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा १५ करोड ६६ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्कमा भने वृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब २८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको देखिएको छ ।

दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ३ हजार ३९२ दाबीको ४४ करोड ६० लाख ९१ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ९६ दाबीबापत १ करोड ६६ लाख २० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

यता प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १८ रुपैयाँ ६८ पैसा थियो । यसबाट घटेर अहिले १२ रुपैयाँ २९ पैसा कायम भएको हो । त्यस्तै पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६३.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ५३ पैसा रहेको छ। कम्पनीको चुक्ता पूँजी १८.३३ प्रतिशत बढेको छ भने जगेडा कोष ४.३२ प्रतिशत घटेको छ।

वि.सं.२०७८ माघ २३ आइतवार ११:२७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...