back
NMB ad

२७.४२ % ले स्वावलम्बन लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी घट्यो, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीले २३ करोड ५१ लाख १६ हजार खुद नाफा गरेको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने २७.४२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ४५ लाख २६ हजार रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी वृद्धि भएकाले नाफामा बढोत्तरी देखिएको हो । उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि उठाउन सफल भएको छ ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २०.६६ प्रतिशतले वृद्धि भई ७६ करोड ६२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको यो आम्दानी गत वर्षको दोस्रो त्रैमाससम्ममा भने ६३ करोड ५० लाख ३० हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको संचालन मुनाफा भने झिनो वृृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा कम्पनीको यो मुनाफा ०.३१ प्रतिशतले वृद्धि भई २९ करोड ३८ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ८० करोड ३ लाख ९३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा पनि ह्वात्तै वृद्धि भएको छ । गत वर्षको पुस मसान्तको तुलनामा यस वर्षको सोही अवधिमा ३.२४ प्रतिशतले वृद्धि भई ७.२६ प्रतिशत पुगेको छ ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६७ पैसाले घटेर ४१ रुपैयाँ ९० पैसा कायम भएको छ । कम्पनीको यो आम्दानी गत वर्षको पुस मसान्तसम्ममा ४६ रुपैयाँ ५७ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ४४ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २४ सोमवार १०:४२ मा प्रकाशित

You can share this post!

करेन्ट लागेर एकजनाकाे मृत्यु   

करेन्ट लागेर एकजनाकाे मृत्यु   

वि.सं.२०८१ जेठ १५ मंगलवार १३:१७

कृष्णनगर (कपिलवस्तु), १५ जेठ : कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर...

दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने   

दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:५६

काठमाडौँ, १५ जेठः प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले...

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार जना सहभागी हुने    

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार जना सहभागी हुने    

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:३२

काठमाडौँ, १५ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि आयोजना गर्न...

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको खाँचो    

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको खाँचो    

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:२६

निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए...

बजेट भाषण गर्ने समय सर्‍याे   

बजेट भाषण गर्ने समय सर्‍याे   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:१५

काठमाडौँ, १५ जेठः आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको...

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित   

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:११

काठमाडौँ, १५ जेठ : राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको...