back
NMB ad

आयातमा थप कडाइ गर्दै राष्ट्र बैंक, मौद्रिक नीतिको समिक्षा यही साताभित्र

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा यही हप्ताभित्र गर्नेगरी तयारी थालेको छ । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दा राष्ट्र बैंकले नयाँ नीतिहरु पनि ल्याउने गरेको छ ।

चरम तरलताको अभाव तथा विदेशी मुद्रा संचितिमा चाप परेपछि राष्ट्र बैंकले संकटलाई टार्नेगरी आयातमा कडाई गर्न लागेको हो । यसअघि पनि राष्ट्र बैंकले विलासीताका २० वटा बस्तुहरुको आयातमा कडाई गरेको थियो ।

ति बस्तुको कडाइका कारण २ अर्ब रुपैयाँ विदेश जानबाट रोकिएको भन्सार विभागको तथ्यांकमा देखिएको छ । तर आयातमा गरिएको कडाईले तरलताको अभावलाई भने कम गर्न सकेको छैन ।

नेपाल बैकर्स संघका अनुसार पछिल्लो साता कर्जा प्रबाह ठप्प जस्तै भएको छ । गत साता बाणिज्य बैंकहरुले जम्मा १ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका छन् । त्यस्तै तरलताका संकटका कारण सो महिनाको तीन हप्तासम्ममा पनि बैंकहरुले जम्मा ६ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका छन् ।

सोही अवधिमा १३ अर्ब रुपैयाँ बराबरको निक्षेप बैंकबाट बाहिर गएको छ । पछिल्लो समयमा व्यक्तिगत कर्जामा व्याज बढी आउने भएपछि निक्षेप झिकेर व्यक्तिगत व्याज दिन लागेका कारण बैंकबाट निक्षेप बाहिर गएको बैंकर्स संघको अनुमान रहेको छ।

यी सवै समस्याहरुको संबोधन हुनेगरी मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत नीतिगत परिवर्तनहरु हुने बैंकर्स संघले विश्वास रहेको छ । बैंक तथा वित्तिय संस्थाहरुको छाता संगठनहरुले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दा परिवर्तन गर्नपर्ने नीति नियमहरुका बारेमा आ -आफ्नो धारणाहरु पठाइ सकेको नेपाल राष्ट्र बैंकका सहायक प्रबक्ता नारायण प्रसाद पोखरेलले बताए ।

उनका अनुसार राष्ट्र बैंकले पाएको सुझाव तथा संकलन गरेको तथ्यांकहरु विश्लेषण गर्ने काम गरिरहेको र यही हप्ता मौद्रिक नीतिको समिक्षा गरिने छ ।

 

वि.सं.२०७८ माघ २५ मंगलवार १४:२७ मा प्रकाशित

You can share this post!

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...