back
NMB ad

डावर नेपाललाई साढे ९ अर्ब लगानी थप्न स्वीकृति,३५० मेगावाटको सौर्य उत्पादनको अध्ययन हुने

Kumari bank ad

काठमाडौं । डावर नेपालले ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार १० रुपैयाँ बरारको थप लगानी गर्ने भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४९ औ बैंठकले डावर नेपाललाई क्षमता अभिबृद्धिका लागि सो रकम थप गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

यो सँगै डावर नेपालले नेपालमा थप लगानी गर्ने भएको हो । हाल नेपालमा सौन्दर्यका सामानदेखि च्वयनप्रास लगायतका खानेकुराहरु पनि उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ । सो कम्पनीले थप व्यवसाय विस्तारको लागि लगानी थप्नका लागि लगानी बोर्डमा निवेदन दिएको थियो ।

त्यस्तै बोर्डको बैठकले सेन्ट्ररल इलेक्ट्रोनिक्स लिमिटेडलाई २३ अर्ब रुपैयाँ बराबरको लागतमा ३५० मेगावाट क्षमताको सौर्य उत्पादनकालागि सम्भाव्यता अध्ययनको पनि अनुमति दिएको छ ।
सो कम्पनी डोटी जिल्लाको दिपायल सलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा क्रमशः अनुमानित १२५ र २२५ मेगावाटको सौर्य उर्जा उत्पादनको अध्ययन गर्ने छ ।

त्यस्तैगरी एसजेभिएन लिमिटेड इन्डियाले तल्लो अरुण जलविद्युत परियोजना निर्माणको स्वमित्करण, संचालन तथा हस्तान्तरणका बारेमा गरेको प्रारम्भिक प्रतिवेदन पनि स्वीकृत गरेको छ ।

सो बैठकले जेनेभास्थित वल्ड एसोसिएसन अफ पिपिपि युनिटस एण्ड प्रोफेसनल्सको सदस्यता लिने निर्णय गरेको छ । त्यस्तै नेपालले रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

उक्त बैठकमा प्रधानमन्त्री देउवाले लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक नीतिगत तथा कानूनी सुधार गरी लगानीमैत्री वातावरण तयार गर्न सरकार प्रतिवद्ध रहेको विचार व्यक्त गरे । साथै आर्थिक विकासका लागि लगानी बोर्डको कार्यालय तथा नेपाल सरकारका सम्बन्धित निकायले पूर्वाधार संरचनामा विविधिकरण गरी सम्भाव्यता अध्ययन सम्बन्धी कार्यहरुलाई तीव्र रुपमा अगाडि बढाउँदै परियोजना निर्माणमा जोड दिनका लागि निर्देशन समेत दिएका थिए ।

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवं संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।

बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा ’प्रभाकर’, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री श्री पम्फा भुसाल, माननीय वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल, नेपाल सरकारका मुख्य सचिव श्री शंकरदास बैरागी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ लगायतसरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

वि.सं.२०७८ माघ २५ मंगलवार १६:५० मा प्रकाशित

You can share this post!

सन्दीप लामिछानेले पाए सफाई, फेरि क्रिकेटमा फर्किन योग्य

सन्दीप लामिछानेले पाए सफाई, फेरि क्रिकेटमा फर्किन योग्य

वि.सं.२०८१ जेठ २ बुधवार १७:१७

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा...

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

वि.सं.२०८१ जेठ २ बुधवार १७:०१

काठमाडौँ, २ जेठ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका...

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली   

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५५

काठमाडौँ, २ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५०

काठमाडौँ, २ जेठ : आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर...

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब अनुमान  

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब अनुमान  

वि.सं.२०८१ जेठ २ बुधवार १६:४६

काठमाडौँ, २ जेठ : सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु...

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १६:४०

काठमाडौँ, २ जेठ : निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी...