back
NMB ad

‘भ्यालेन्टाइन डे’मा २ लाख ३० हजार स्टिम गुलाबको फूल, २ करोडको कारोबार हुने

Kumari bank ad

काठमाडौं । यस वर्ष भ्यालेनटाइन डे अर्थात प्रेम दिवसमा २ लाख बढी स्टिम गुलाब फूलको माग हुने (डच रोज तथा कलकत्ते लोकल रोज मात्र) अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एशोसिसन नेपालका अनुसार यस वर्षको प्रेम दिवस अवधिभर नेपालमा २ लाख ३० हजार स्टिम गुलाब फूलको माग हुने अनुमान गरिएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा मात्र करिब १ लाख ३८ हजार र बाँकी ९२ हजार स्टिम गुलाब काठमाडौं बाहिरका शहरहरुमा खपत हुने एशोसियसनको अनुमान छ ।

प्रणय दिवसमा आफूलाई मनपरेको वा आफूले माया गरेको व्यक्तिलाई गुलाबको फूल दिने प्रचलन बनेको छ । प्रेमको प्रतीक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् ।

प्रेम दिवसको लागि हुने जम्मा बजार मागको भण्डै ६० प्रतिशत काठमाडौं उपत्याकामा मात्र खपत हुने गर्दछ भने बाँकी ४० प्रतिशत अन्य शहरहरुमा खपत हुने गर्दछ ।

एशोसियसनका अनुसार २ लाख ७ हजार स्टिम गुलाब आयात हुने र आन्तरिक आपुर्ति २३ हजार स्टिम मात्र हुनेछ । प्रेम दिवसको अवधि भर झण्डै २ करोडसम्मको व्यववासयिक कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिन बहादुर तामाङले जानकारी दिए ।

फूलको गुणस्तर अनुसार प्रति स्टिम उपभोत्ता मूल्य ८० रुपैयाँदेखि १ सय रुपैयाँसम्मको हाराहारीमा हुनेछ । अध्यक्ष तामाङका अनुसार गत वर्षको प्रेम दिवसमा १ लाख ८० हजार रुपैयाँ बराबरको स्टिम गुलाबको कारोबार भएको थियो ।

अघिल्लो वर्षको तुलनामा भने यस वर्षको रोजको बजार माग करिब २७.७८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । बजार मागको १० प्रतिशत आन्तरिक उत्पादनबाट र ९० प्रतिशत आयात गरि माग पुरा हुने अनुमान छ ।

नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रति दिन सरदर १० हजार स्टिम गुलाब फूलको माग रहने गरेको छ ।

कोरोना महामारी हुनु पुर्व बजार मागको ८० प्रतिशत आन्तरिक उत्पादनबाट र बाँकी २० प्रतिशत मात्र अन्य देशहरुबाट आयात गरी परिपुर्ति हुने गरेको थियो ।

२०७६ फागुन पछि कोभिड–१९ महामारीका कारण नेपाली कट फ्लावरको बजारिकरणमा समस्य आएकोले आन्तरिक उत्पादनमा ५० प्रतिशतले कमी आएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ ।

लकडाउन हुदा पुष्प व्यवसायीहरुलाई फार्म व्यावस्थापन गर्न आवाज जावतमा समस्य हुदा फार्म रेखदेख गर्न नसकेका कारण फार्ममै धेरै माउबोटहरु मर्न गएको, बजार समेत अनिस्चितत रहेको कारण पुष्प व्यावसायीहरुले थप लगानी गर्न पनि नसकेका हुदा आन्तरिक उत्पादनमा कमी आएको हो ।

यसका साथै फेब्रुअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा त्यसै पनि प्रतिकुल मौसम अर्थात जाडो सिजन हुने भएकोले गुलाब फूलको उत्पादन कमि हुने भएको हुदा अधिक मात्रामा आयात गरी बजार माग पुरा गर्नु पर्ने स्थिती हुने गर्दछ ।

नेपालमा गुलाव फूलको व्यवसायीक खेती हुने जिल्लाहरुमा मुख्य गरी काठमाडौं उपत्यका भित्रको तीन जिल्लाहरुका साथै चितवन, काभ्रेपलाञ्चोक रहेको छ भने अन्य जिल्लाहरुमा पनि गुलाब फूलको व्यवसायीक खेती बिस्तार हुने क्रममा रहेको छ ।

वि.सं.२०७८ माघ २५ मंगलवार १६:५१ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...