back
NMB ad

नेशनल माईक्रोफाइनान्स लघुवित्तको नाफामा छलाङ, यस्तो छ वार्षिक वित्तीय प्रगती

Kumari bank ad

काठमाडौँ । नेशनल लाईफ माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा उल्लेख्य नाफा कमाएको छ ।

आज सार्वजनीक कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्ष (२०७७–७८) सालमा नाफा ३१२ प्रतिशतले बढेको देखिएको हो ।

एक वर्षमा कम्पनीले खुद नाफा ३१ करोड ५८ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ जबकी यो मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २३ करोड ९२ लाख ५३ हजार रुपैयाँ बढी हो ।

अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले यस्तो मुनाफा ७ करोड ६५ लाख ८७ हजार कमाएको थियो ।

खुद नाफासँगै कम्पनीको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीले खुद ब्याज आम्दानीबापत ६२ करोड ७० लाख ९० हजार रुपैयाँ कमाएको छ भने अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ३० करोड ५५ लाख रुपैयाँ कमाएको थियो ।

त्यसैगरी कुल सञ्चालन आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ । कम्पनीको गत आर्थिक वर्षको कुल सञ्चालन आम्दानी ७७ करोड ६२ लाख ३८ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले सञ्चालन आम्दानी ३९ करोड ३२ लाख ४९ हजार रुपैयाँ कमाएको थियो ।

यसो त सञ्चालन मुनाफामा पनि सोही अनुसार वृद्धि भएको छ । कम्पनीको सञ्चालन मुनाफा एक वर्षमा ३७ करोड ८० लाख १९ हजार रुपैयाँले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा सञ्चालन मुनाफा ४९ करोड ९७ लाख ६ हजार रुपैयाँ कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा १२ करोड १६ लाख ८७ हजार रुपैयाँ कमाएको थियो । जुन गत आर्थिक वर्षको तुलनामा ३१० प्रतिशतले कम हो ।

त्यसैगरी कम्पनीले नियमित कारोबारबाट पनि ४९ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षमा यस्तो आम्दानी १२ करोड १६ लाख रुपैयाँ रहेको थियो ।

यता कम्पनीको कर्मचारीलाई दिएको बोनश पनि बढेको छ । कम्पनीले कर्मचारीलाई गत आर्थिक वर्षमा ४९ करोड ९७ लाख रुपैया बोनश दिएको हो जबकी अघिल्लो आर्थिक वर्षमा १२ करोड १६ लाख रुपैयाँ मात्रै दिएको थियो ।

कम्पनीले चुक्ता पुजीँपनि वृद्धि गरेको छ । हाल कम्पनीको चुक्ता पुजीँ ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ३४ करोड ८१ लाख ९८ हजार रुपैयाँ रहेको यो कम्पनीको प्रतिशेयर आम्दानी ९९.२३ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ माघ २६ बुधवार १५:०६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...