back
NMB ad

नेपाल टेलिकममा नयाँ प्रबन्धक निर्देशकको खोजी, कसले दिन पाउँछन् त आवेदन ?

Kumari bank ad

काठमाडौं ।सरकारी स्वामित्वको रुपमा रहेको नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशक छनौंट प्रक्रिया सुरु भएको छ । हालका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यको कार्यकाल सकिन लागेपछि सूचना तथा सञ्चार मन्त्रालयले नयाँ प्रबन्ध निर्देशकको खोजी गरेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले बनाएको नाम छनौंट समितिले प्रबन्ध निर्देशकको खोजी सुरु गरेको हो । छनौंट समितिले शनिवार सूचना प्रकाशित गर्दै २१ दिनभित्र प्रस्ताव मागेको छ । टेलिकमको प्रबन्ध निर्देशकको कार्यकाल दुई वर्ष हुन्छ ।
बर्तमान प्रबन्ध निर्देशक आचार्य चार्टर्ड एकाउन्टेण्ट हुन् । इन्जिनियर समूह हावी हुने यो कम्पनीमा चार्टर्ड एकाउन्टेण्ट प्रबन्ध निर्देशक नियुक्त हुँदा विरोध गरिएको थियो । आचार्य भन्दा अघि अनुपरञ्जन भट्टराई ६ महिना मात्रै प्रबन्ध निर्देशक बनेका थिए ।

छनौट समितिले यसपटक बाणिज्य, विकास, व्यवस्थापन, अर्थशास्त्र, व्यपार प्रसासन, सूचना प्रविधि, कानुन वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका र अधिकृत स्तरको पदमा १५ वर्ष अनुभव हासिल गरेकोहरुले आवेदन दिन पाउने व्यवस्था गरेको छ । १५ वर्ष मध्ये पाँच वर्ष वरिष्ठ अधिकृत तहमा काम गरेको हुनुपर्छ । आवेदन दिने व्यक्ति ४० वर्ष देखि ५८ वर्षसम्मको हुनुपर्नेछ ।

आवेदकले १५ पेजसम्मको व्यवसायिक कार्ययोजना पनि बुझाउनु पर्नेछ ।
 प्रकाशितः २०७३ असार २५

वि.सं.२०७३ असार २५ शनिवार १६:१९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...