back
NMB ad

रिलायन्स लाइफको मुनाफा ७ करोड ६० लाख, कस्ता छन् वित्तीय सूचकहरु ?

Kumari bank ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ७ करोड ६० लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.३२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले ५ करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

सार्वजनीक अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तो शूल्क गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको थियो ।

यस वर्ष अभिकर्ताको कमिशन रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अभिकर्ताले यस वर्ष २३ करोड ७७ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । जबकी गत वर्षको यहि अवधिमा कम्पनीहरुले अभिकर्तालाई १९ करोड ८८ लाख रुपैयाँ मात्रै दिएको थियो ।

यस वर्षको कुल बीमा शुल्क आर्जन भने एक अर्ब ४४ करोड रुपैयाँ रहेको छ । हालसम्मकै कुला बीमा शुल्क आर्जन भने ६ अर्ब २८ करोड रुपैयाँ छ । हाल कम्पनीमा कायम रहेको बीमालेख संख्या भने एक लाख ६९ हजार ६०० वटा रहेको छ । खुद दाबी भुक्तानी भने २८ करोड ६३ लाख रुपैयाँ छ ।

चुक्ता पूँजी २ अर्ब १० करोड रहेको कम्पनीको जगेडा कोषमा १८ करोड १७ लाख रुपैयाँ मात्रै छ । जीवन बीमा कोषमा भने तीन अर्ब ३६ करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी भने ७ रुपैयाँ छ ।
यस्तो वित्तीय अवस्था भएको रिलायन्सको प्रतिशेयर आम्दानी ७.२४ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ ११०.२० रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ माघ २७ बिहीवार ११:४६ मा प्रकाशित

You can share this post!

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५५

खोटाङ, १० जेठ : किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)...

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५०

गलकोट (बागलुङ), १० जेठ : कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका...

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा देबेन्द्ररमण...

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:२२

काठमाडौँ, १० जेठः प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो...