back
NMB ad

बोतलर्स नेपाल तराईको नाफा १३ गुणा वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो

Kumari bank ad

काठमाडौं । बोतलर्स नेपाल(तराई)ले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बिहीवार कम्पनी सार्वजनिक गरेको विवरण अनुसार उक्त अवधिमा ३० करोड २२ लाख ३५ हजार रुपैयाँ नाफा गरेको छ ।

जुन गत वर्षको पुस मसान्तसम्मको तुलनमा १२६७.८८ प्रतिशत अर्थात १३ गुणा बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा २ करोड २० लाख ९५ हजार रुपैयाँ मात्र रहेको थियो ।

कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएपछि नाफा बढेको हो । चालु आवको ६ महिनाको कम्पनीको संचालन आम्दानी ३ अर्ब ४५ करोड ४९ लाख ३३ हजार रुपैयाँ रहेको छ । यो आम्दानी गत वर्षको सोही अवधिमा भने २ अर्ब ५५ लाख २४ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्तापूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २ अर्ब ८८ करोड ६९ लाख ४७ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २५० रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने यो आम्दानी वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा कम्पनीको यो आम्दानी १८ रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने २ हजार ४८६ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ माघ २७ बिहीवार १४:०६ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...