back
NMB ad

राष्ट्रिय बीमा कम्पनीको नाफा १९ करोड ४३ लाख, ४२ रुपैयाँले बढ्यो प्रतिसेयर आम्दानी (विवरणसहित)

Kumari bank ad

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिेको छ ।

विवरण अनुसार उक्त अवधिमा कम्पनीले १९ करोड ४३ लाख १५ हजार रुपैया नाफा कमाएको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा ४१.४२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७४ लाख १ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आवको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम भने झिनो वृद्धि भएको छ । उक्त अवधिमा कम्पनीले १२ करोड ८८ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

कम्पनीको यो शुल्क गत वर्षको पुस मसान्तसम्ममा भने १२ करोड ८७ लाख ७७ हजार रुपैयाँ रहेको थियो । चालु आवको पुस मसान्तसम्मको कुल बीमा शुल्क आर्जन रकम भने ५९ करोड ३५ लाख १४ हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीले २३ करोड ६ लाख २८ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा भने ३ अर्ब २४ करोड ५६ लाख ७० हजार रुपैयाँ र बीमा कोष २ अर्ब ५२ करोड ७३ लाख ३८ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी भने ४२ रुपैयाँ ६९ पैसाले वृद्धि भई १ हजार ४५ रुपैयाँ ७५ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ हजार १७ रुपैयाँ २५ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २७ बिहीवार १४:३७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...