back
NMB ad

बीमा शुल्क आर्जन ७० प्रतिशत बढाएको हिमालयन जनरलको नाफामा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्सले दोस्रो त्रैमासमा आउँदा बीमाशुल्क आर्जन करिब ७० प्रतिशतले बढाएको छ ।

आज सार्वजनीक गरेको कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको बीमाशुल्क आर्जनको अवस्था यस्तो देखिएको हो ।

चालु आर्थिक वर्षको पुसमसान्तसम्म आउँदा कम्पनीले ८४ करोड ७७ लाख ३९ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको हो । यो गत आर्थिक वर्षको तुलनामा ६९.५४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड ९४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बिमा शुल्क आर्जन बढेपनि नाफामा भने सामान्य वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीले ३ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको हो । यो गत आर्थिक वर्षको तुलनामा ५ लाख ४२ हजार रुपैयाँ बढी हो । गत आर्थिक वर्षमा कम्पनीले मात्रै ३ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले २० करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरेको थियो । सामान्यतया दाबी भुक्तानी बढ्नु भनको इन्स्योरेन्स कम्पनी थप बिमकप्रति जवाफदेही भएको मानिन्छ ।
यद्यपी कम्पनीको अझै ७७ करोड २६ लाख रुपैयाँ रकम दाबी भुक्तानी बाँकी नै छ ।

हाल कम्पनीको चुक्ता पुजीँ १ अर्ब १० करोड रहेको छ । जगेडा कोषमा २० करोड २१ लाख रहेको यो कम्पनीको प्रतिशेयर आम्दानी भने ९.४९ रुपैयाँ र प्रति शेयर नेटवर्थ १७८.५४ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १७:१९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...