back
NMB ad

यी हुन् फागुनमा साधारण सभा आव्हान गरेका कम्पनीहरु, लाभांश पारितदेखि मर्जरसम्मका एजेण्डा

Kumari bank ad

काठमाडौं । फागुन महिनामा विभिन्न ६ कम्पनीहरुले वार्षिक साधारण सभाका लागि मिति तय गरेका छन् ।

हालसम्म तीन वटा बीमा, दुई जलविद्युत र एक फाइनानस कम्पनीले फागुन महिनामा वार्षिक साधराण सभाका लागि मिति तोकेका हुन् ।

जसमध्ये ज्योति लाइफ इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरशेन नेपाल र जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीले सभा आव्हान गरेका छन् ।

कम्पनीहरुको सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । तीन कम्पनीहरुले सेयरधनीलाई लाभांश दिने भएका छन भने अजोड इन्स्योरेन्सका लगानीकर्ताको हात खाली हुने भएको छ ।

ज्योति लाइफ इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले आउँदो फागुन ६ गते वार्षिक साधारण सभा गर्ने भएका छन् ।

उक्त दिन हुने ज्योति लाईफको वार्षिक साधारण सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरेको छ ।

सोही दिन (फागुन ६ गते) हुने अजोड इन्स्योरेन्सले भने लगानीकर्ता लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

तर, कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आव २०७७÷७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

कम्पनीले सभाले आव २०७८÷७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ २४ गते बुक क्लोज गरेको छ ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरशेन नेपालले भने आउँदो फागुन ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभाले आव २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने भएको हो । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गर्ने भएको छ ।

त्यसैगरि फागुन ७ गते जानकी फाइनान्स कम्पनीले २५औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८७९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २६ गतेदेखि ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

यस्तै, आउँदो फागुन २६ गते युनाइटेड मोदी हाइड्रोपावरले वार्षिक साधारण सभा गर्ने भएको । कम्पनीको फागुन १ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

साथै सर्वसाधारण शेयरधनीहरुबाट एक महिला सहित दुई जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।

त्यसैगरि नेशनल हाइड्रोपावरले लाभांश र हकप्रद प्रस्तावसहित आउँदो फागुन ३० गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले आव २०७७/७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ ।

सुनकोशी हाइड्रोका १०० कित्ता हुने सेयरधनीलाई नेशनल हाइड्रोको २५ कित्ता सेयर दिने गरि नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १ः०.२५ को स्वापमा गाभ्न लागेको हो ।

कम्पनीले साधारणसभाको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

वि.सं.२०७८ फागुन ३ मंगलवार ०७:४६ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...