back
NMB ad

नेपाल बैंकको मोबाइल बैंकिङ् एप प्रयोग गर्दा एक तोला सुन उपहार

Kumari bank ad

काडमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको बीरगन्ज स्थित आदर्शनगर शाखाका ग्राहक राजु कुमार के.सी.ले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम “क्यूआर को गुन, एक तोला सुन” अन्र्तगत एक तोला सुन उपहार प्राप्त गरेका छन् ।

बैंकको आदर्शनगर शाखामा फागुन २७ गते बिहिबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले एक तोला सुन उपहार विजेता राजु कुमार के.सी.लाई हस्तान्तरण गरेका थिए । सो हस्तान्तरण कार्यक्रममा बैंकका सिटी अफिस बीरगञ्ज शाखाका शाखा प्रवन्धक होमनाथ दाहाल, आदर्शनगर शाखाका शाखा प्रवन्धक रामबाबु कुमार लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा उपहार विजेता राजु कुमार के.सी.ले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विभिन्न कारोबार गर्दा उपहार स्वरुप सुन पाउँदा आफुलाई धेरै खुशी लागेको तथा आफ्ना साथीभाई, नातागोता र छरछिमेकीलाई समेत नेपाल बैंक लिमिटेडको मोबाइल एप प्रयोग गर्न सुझाव दिने कुरा व्यक्त गरे ।

त्यसैगरि नेपाल बैंक लि.का मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले उपहार बिजेतालाई बधाई दिंदै नेपाल बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुको संख्या दिनप्रतिदिन उल्लेख्य रुपमा बढ्दै गएको जानकारी गराउदै प्रभावकारी ग्राहक सेवा दिन बैंक प्रतिबद्ध रहेको बताए ।

नेपाल अधिराज्यभरी २१३ शाखाहरु, १४८ वटा एटिएम र ४९ वटा एक्सटेन्सन काउण्टर लगायत करिब २५०० कर्मचारीहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको नेपाल बैंक आज नेपालको स्वस्थ र सबल बैंकको रुपमा अगाडि बढिरहेको छ ।

पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गर्दै तिब्र रुपमा व्यवसाय बिस्तार गर्न सफल यस बैंक प्रतिको विश्वासको कारण नेपाल बैंक सबै पुस्ताका नेपालीहरुको प्रमुख रोजाइको बैंक बन्न पुगेको छ ।

वि.सं.२०७८ फागुन ३ मंगलवार २०:०३ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...