back
NMB ad

नेपालमा एसजी ग्रुपले भित्र्यायो ट्यारो ब्राण्डको मोटरसाइकल र स्कुटर, कुनको कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध क्षेत्रमा लगानी गर्दै आइरहेको एसजी ग्रुपले ट्यारो ब्राण्डको मोटरसाइकल र स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीले ग्रुप अन्तर्गतको ओम मोटोक्रप प्रा.लि.ले नारायणचौर नक्सालमा कर्पोरेट शोरुम स्थापना गरी तारो ब्राण्डलाई नेपाल भित्र्याएको हो ।

इटालियन टेक्नोलोजीमा चीनमा बनेको ट्यारो प्रिमियम ब्राण्ड हो । ट्यारो युरोपेली बजारमा पनि स्थापित दुई पाङ्ग्रे ब्रान्ड हो । इमोला १५० र एलेक्स टि नाइन १५० गरी २ वटा मोटलमा स्कुटर उपलब्ध छन् । इमोला स्कुटरमा ठूलो टायर जडान गरिएको छ । जुन स्कुटर कच्ची सडकमा पनि सजिलै गुडाउन सकिन्छ । एलेक्स टि नाइन हाइवे र लङड्राइभ गर्दा कम्फर्ट हुने कम्पनीले जनाएको छ ।

जिपी टु २००, जिपी वान २५० आर र जिपी वान ३८० गरी ३ वटा मोडलमा ट्यारोका बाइक नेपाली बजारमा उपलब्ध भएका छन् । २५० र ३८० सिसी क्षमताको मोटरसाइकटलमा इएफआई र एबिएस सिस्टम छ । रिलायविलिटी, युनिफर्मिटी र कम्फर्टका लागि ट्यारोको मोटरसाइकल नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । यो मोटरसाइकल १६० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्न सक्छ ।

ड्यासबोर्ड टिएफटी, डबल डिसब्रेक विथ एबिएस, ६ स्पिडको गेयर लगायतका विशेषता ट्यारो मोटरसाइकलमा रहेका छन् । ३८० मा लिक्वीड कुल ट्वीन सिलिण्डर जडान गरिएको छ । २५० र २०० मा लिक्वीड कुल सिंगल सिलिण्डर छ । ‘इटालीमा डिजाइन तथा प्रविधिमा तयार प्रिमियम मोटरसाइकल स्कुटरमा सवार भइ फरक खालको स्टाइलिस अनुभव गर्न सकिनेछ,’ कम्पनीले भनेको छ ।

नक्साल शोरुममा गएर मोटरसाइकलको टेष्ट ड्राइभ तथा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा भित्रिएसँगै काठमाडौंसहित देशका मुख्य शहरमा डिलर बिस्तार गर्ने योजना कम्पनीले लिएको छ ।

नेपालमा ट्यारो मोटरसाइकल तथा स्कुटरको मूल्य ३ लाख ३० हजार रुपैयाँदेखि ९ लाख ५० हजार रुपैयाँसम्म पर्ने जनाइएको छ ।

वि.सं.२०७८ फागुन ६ शुक्रवार १५:४५ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...