back
NMB ad

७ कम्पनीहरुद्वारा साधारण सभा आव्हान: लाभांश पारित गर्ने मुख्य एजेण्डा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । विभिन्न आधा दर्जन कम्पनीहरुले वार्षिक साधारण सभा आव्हान गरेका छन् । फागुन महिनामा (हालसम्म) ७ कम्पनीको सभाका लागि मिति तोकेका हुन् ।

वार्षिक साधारण सभा आव्हान गर्नेमा तीन वटा इन्स्योरेन्स कम्पनी, दुई हाइड्रोपावपर, दुई लघुवित्त र एक फाइनान्स कम्पनी रहेको छन् ।

जसमध्ये जानकी फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरशेन, महालक्ष्मी विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त, नेशनल लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर कम्पनी रहेका छन् ।

यी मध्ये अधिकांश कम्पनीहरुको लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेका छन् भने केहीका मर्जर लगायतका प्रस्तावहरु रहेका छन् ।

जानकी फाइनान्स :

भोलि अर्थात फागुन ७ गते जानकी फाइनान्स कम्पनीले २५औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८७९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २६ गतेदेखि ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरशेन नेपाल:

लाइफ इन्स्योरेन्स कर्पोरशेन नेपालले भने आउँदो फागुन ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभाले आव २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने भएको हो । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गर्ने भएको छ ।

महालक्ष्मी विकास बैंक :

महालक्ष्मी विकास बैंकले आउँदो फागुन ११ गते २०औं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको सभाले २१.०५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

बैंकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस अघि यो सभा कम्पनीले पुस २५ गते र माघ ३ गतेका लागि बोलाएको थियो । पुस २५ गते गणपूरक संख्या नपुगेपछि स्थगित सभा माघ ३ गतेका लागि पुनः बोलाइएको सभाका सम्बन्धमा सेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते बैंक समेतकाविरुद्ध दायर गरेको रिटमा माघ ३ गतेका लागि नै पेशी तोकिएकाले स्थगित भएको थियो । उक्त रिटका सम्बन्धमा उच्च अदालत पाटनबाट जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भन्ने आदेश प्राप्त भएसँगै कम्पनीले सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने, चालु आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायतका एजेण्डा पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गरेको थियो ।

युनाइटेड मोदी हाइड्रोपावर :

आउँदो फागुन २६ गते युनाइटेड मोदी हाइड्रोपावरले वार्षिक साधारण सभा गर्ने भएको । कम्पनीको फागुन १ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

साथै सर्वसाधारण शेयरधनीहरुबाट एक महिला सहित दुई जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।

ग्रामीण विकास लघुवित्त :

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभाका लागि मिति तोकेको छ ।कम्पनीले आउँदो फागुन २८ गते सातौं वार्षिक साधारण सभा गर्न लागेको हो ।

कम्पनीको फागुन २ गतेको सञ्चालन समितिको बैठकले उक्र दिन भर्चुअल माध्यमबाटसभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ ।

सोही सभाले प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक विषयमा संशोधन गर्न सञ्चालक समितलाई अख्तियारी प्रदान गर्ने, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स :

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते गर्ने भएको छ । कम्पनीको सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

सभाले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको सोही सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण लगानीकर्ताबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनको लागि कम्पनीले फागुन २२ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।

नेशनल हाइड्रोपावर :

नेशनल हाइड्रोपावरले लाभांश र हकप्रद प्रस्तावसहित आउँदो फागुन ३० गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले आव २०७७/७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ ।

सुनकोशी हाइड्रोका १०० कित्ता हुने सेयरधनीलाई नेशनल हाइड्रोको २५ कित्ता सेयर दिने गरि नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १ः०.२५ को स्वापमा गाभ्न लागेको हो ।

कम्पनीले साधारणसभाको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

वि.सं.२०७८ फागुन ६ शुक्रवार १७:५५ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...