काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा(एजीएम) चैत ६ गते हुने भएको छ ।
कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीले चौथो वार्षिक साधारण सभा सोही दिन बिहान ११ बजे होटल रडीसन, लाजिम्पाट, काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
उक्त सभाले गत आर्थिक वर्षको प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ । साथै नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता अनुसूचीहरुमाथि छलफल गरी पारित गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सोहीअनुसार यसपटक सो कम्पनीका शेयरधनीहरुको हात खाली हुनेछ । साधारण सभाले अन्य प्रस्तावहरु भने छलफल गरि पारित गर्नेछ ।
वि.सं.२०७८ फागुन १० मंगलवार ११:५५ मा प्रकाशित