back
NMB ad

विद्युत प्राधिकरणले आइपीओ जारी गर्ने

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पनि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । पुर्ण सरकारी स्वामित्वमा रहेको प्राधिकरणले आगामी पाँच बर्षे रणनीति अन्तर्गत साधारण सेयर जारी गर्न लागेको हो ।

प्राधिकरणले ठूला परियोजना संचालन गरिरहेको छ । त्यसका लागि कम्तीमा पनि ५० अर्ब रकम लगानी आवश्यक पर्ने भएकोले आइपीओ जारी गर्ने भएको हो । आइपीओ जारीका लागि प्राधिकरणले रेटिङ पनि गराइसकेको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार प्राधिकरणले डवल ए प्लस रेटिङ पाएको छ । यसको मतलव प्राधिकरणको अवस्था ठिक छ र लगानी गर्न सुरक्षित पनि रहेको छ, भन्ने हो ।

इक्रा नेपालले जारी गरेको विज्ञप्ति अनुसार डवल ए प्लस रेटिङ प्राप्त कम्पनीले सेयर जारी गर्दा कम्पनीको उधारो वा कर्जाको जोखिम ज्यादै न्यून हुन्छ भन्ने हो । विद्युत प्रशारण पूर्वाधार निर्माणको लागी ठूलो लगानी आवश्यक भएको र प्राधिकरणको वित्तीय दायीत्व पुरा गर्नको लागी समेत थप पूँजी परिचालन गर्नुपर्ने भएको हुँदा प्राधिकरणले पुँजी जुटाउनका लागि आइपीओ जारी गर्न लागेको हो ।

प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको घाटा कम गर्नका लागि आइपीओ जारी गर्ने घोषणा गरेका थिए । पहिलो कार्यकालमा नै सो घोषणा गरेपनि सोही अनुसार काम अगाडी बढ्न नसक्दा आइपीओ जारी हुन सकेन ।

प्राधिकरणले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने तयारी गरिरहेको छ । १ खर्ब ६४ अर्ब चुक्ता पूँजी रहेको विद्युत प्राधिकरणले गत आर्थिक बर्षमा ८ अर्ब रुपैयाँ नाफा कमाएको थियो ।

 

वि.सं.२०७८ फागुन १२ बिहीवार १४:४६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...